१६ जना विदेशीलाई नागरिकता र राहदानी दिने पक्राउ
नेपालबहस संवाददाता
असार २१, २०७७ सोमबार १:५७:४७
२१ असार, भद्रपुर । पाँच वर्षअघि विदेशी नागरिकलाई नेपाली नागरिकता र राहदानी बनाइदिएको अभियोग लागेका झापा जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार २०७२ मङ्सिर १० गते झुठो विवरण पेश गरी १६ जना विदेशीलाई नेपाली नागरिकता दिलाएको अभियोगमा झापा जिल्ला अदालतले आचार्यसहित ४६ जना अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
तत्कालीन प्रशासकीय अधिकृत आचार्यलाई झापाबाट खटिएको प्रहरी टोलीले काठमाडौँको गठ्ठाघरबाट शनिबार पक्राउ गरी झापा ल्याएको छ । आज उहाँलाई अदालतसमक्ष पेश गरिएको प्रहरीले जनाएको छ । सो नागरिकता काण्डका आरोपितमध्ये जिल्ला प्रशासन कार्यालयका खरिदार तेजिन्द्र न्यौपाने र बिर्तामोड–८ का वडासचिव लोकराज बराल एक वर्षअघि पक्राउ परिसकेका छन् भने विर्तामोड–५ का टेकबहादुर गुरुङ, भद्रपुर–१० का प्रेम तिम्सिना र भद्रपुर–१० का भीमबहादुर लिम्बूसमेत पहिल्यै पक्राउ परेका थिए ।
पक्राउमध्ये कतिपय धरौटीमा छुटिसकेका पनि छन् । भद्रपुर–९ का वडाध्यक्ष शनिलाल राजवंशी, विर्तामोड–८ का वडाध्यक्ष अजय कार्की, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन अधिकृत गौरव ढुङ्गेल, अर्का अधिकृत चुडाराज भट्टराई, टोली प्रमुख नारायण काफ्ले र चिरञ्जीवी अधिकारी, सुब्बा नायब मेघराज निरौला, भद्रपुर–९ का वडा सचिव अरुणा भट्टराई, बाहुनडाँगी गाविसका तत्कालीन सचिव भवकृष्ण न्यौपानेलगायतका अभियुक्त अझै फरार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीले दिए नेपाली महिला फुटबल टोलीलाई धन्यवाद
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
गाजामा पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु
कात्तिक १७, २०८१ शनिबार