कांग्रेस नेतालाई देउवाको स्पष्टोक्ति- ‘ओलीलाई सरकारमा जाने बचन दिएको छैन’
नेपालबहस संवाददाता
असार २१, २०७७ सोमबार २:२६:३८
२१ असार, काठमाडौं । सत्तारुढ नेकपा आन्तरिक सत्ता संकटमा फसेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहयोग मागेका छन । तत्कालका लागि आलोपाले सरकार सञ्चालन गर्ने सहमतिका साथ अगाडी बढ्ने प्रस्ताव प्रधानमन्त्री ओलीले गरेपनि आफूले कुनै बचन नदिएको कांग्रेस सभापति देउवाले बताएका छन ।
सत्ताको गठजोडमा कांग्रेसको पनि नाम जोडेर सञ्चारमाध्यममा समाचार आएपछि देउवासँग कांग्रेस नेताले जवाफ माग गरेका थिए । जवाफमा देउवाले आफूले कसैलाई पनि सरकार जोगाउने, सरकारमा जाने र साथ दिने बचन नदिएको बताएका छन ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलसहित केन्द्रीय सदस्यहरूले सभापति देउवासँग सत्ता गठजोडबारे प्रश्न गरेका थिए । उनीहरुले ओलीसँग भित्रभित्रै सहमति र सल्लाह गर्ने गरेको भन्दै यसबारे पार्टीमा जानकारी नगराएकोमा आपत्ति जनाएका छन ।
तर धेरै कांग्रेस नेताले नेकपाको फुट र सरकारमा जाने कांग्रेसको योजनालाई गम्भिर ढंगबाट सल्लाह गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन । प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालसँग सम्बन्ध चिसिएपछि कांग्रेससँग सत्ता साझेदारी गर्ने योजना बनाएका छन ।
यसका लागि उनले आइतबार गृह र अर्थ मन्त्री काग्रेसलाई दिने प्रस्तावसहित सुवासचन्द्र नेम्वाङलाई देउवा निवास पठाएका थिए । तर कांग्रेसले सरकारमा जाने विषयमा निर्णय गर्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार