राहतस्वरुप १०० बोरा चामल, प्रतिपरिवार २५ किलोग्राम प्रदान
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार १७:२०:५८
२२ असार, कास्की । अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा राहतस्वरुप १०० बोरा चामल वितरण गरिएको छ । कोरोनाको महामारीसँगै दैनिकी सञ्चालनमा समस्या परेका सर्वसाधारणलाई लक्षित गरी प्रतिपरिवार २५ किलोग्रामका एक/एक बोरा चामल राहतस्वरुप प्रदान गरिएको राहत संयोजक टेकबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार साविक कास्कीको दाङसिङ गाविस–३ उपल्लोथरका लाम्छाने गुरुङको समन्वय एवं सहयोगमा जल्गेनी, सिबिके, खिउ, खाउने, एक्ले, सारक्यु, छेदगाउँ, दाङसिङ गाउँ, लामाखेतलगायत स्थानका बासिन्दालाई सहयोग उपलब्ध गराइएको हो ।
कोरोनाका कारण रोगले भन्दा भोकले ज्यान गुमाउने अवस्था आउन लागेको अवस्थालाई दृष्टिगत गरी अभियानमा बेलायत, अमेरिका, जर्मनी, बेल्जियम, हङकङ, कोरिया, अफगानिस्तानलगायत विभिन्न देशमा कार्यरत साथै पोखरामा बस्दै आएका दाङसिङ उपल्लोथरका लाम्छाने गुरुङको सामूहिक प्रयासमा सहयोग जुटाइएको गुरुङले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार