ओली–प्रचण्ड एक अर्कालाई गलाउने रणनीतिमा
कुसुम सेञ्चुरी
असार २२, २०७७ सोमबार १८:३२:४९
२२ असार, काठमाडौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको घर झगडा उत्सर्गमा पुुग्न थालेपछि उत्तरी छिमेकीको सक्रियता पनि बेतोडले अगाडि बढेको छ । चिनियाँ राजदूत होउ यान्छी नेकपाका नेताहरुको घरघरमा पुुग्न थालेकी छन् ।
हिजो मात्रै यान्छी नेकपा नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपालको कोटेश्वरस्थित निवास पुुगेर पछिल्लो गतिविधिबारे चासो राखिन् । नेकपाको संकटमोचनमा उनको सक्रिय भूमिका अर्थपूर्ण हुने धेरैको बुुझाई छ । त्यसैले नेकपाले जारी स्थायी कमिटी बैठक थप दुुई दिन पछि सारेको छ । साथै, दुुई अध्यक्ष अहिलेपनि संवादमा जुुटेका छन् ।
दुुवै पक्ष एक अर्कालाई गलाउने रणनीतिमा देखिएका छन् । त्यसका लागि केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने बटमलाइन बनाएका छन् भने अर्का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद त्याग्न अड्डी लिईरहेका छन् । एक अर्कालाई गलाउने रणनीति अन्तर्गत ओली पक्षले नेपाली कांग्रेसलाई समेत सत्ताको भागबण्डाको अफर गरेको प्रचार गराएको छ । उता, प्रचण्ड भने अहिले पार्टी भित्रैबाट सहमतिमा प्रधानमन्त्री बन्ने दाउमा रहेका छन् । जसले गर्दा अल्पमतमा भएपनि ओली आक्रमक अवस्थामा छन् । उनले संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत दल विभाजनको धम्की दिन पाएका छन् । साथै, पार्टी विभाजन गरेर कांग्रेससँग गठबन्धन बनाउने सन्देश समेत प्रवाहित गर्न भ्याई सकेका छन् ।
नेपाली कांग्रेस पनि सत्ताको चास्नीमा फस्ने गलत प्रचार गर्नसमेत ओली पक्ष सफल भएको छ । जसले गर्दा अहिले चर्चामा रहेको पावर शेयरिङ प्रकरणमा नेपाली कांग्रेससमेत तानिएको छ । जहाँ सत्ता, त्यहाँ देउवा भन्ने थेगो नै भईसक्यो – कांग्रेसका एक पुराना नेताले भने । सत्ताको कुुरा आउने वित्तिकै कांग्रेसलाई त्यहाँ तान्ने बानी परिसकेको छ भन्दै उनले सभापति शेरबहादुर देउवाले देखाउने सत्तालिप्साकै कारण यस्तो भएको दावी गरे ।
नेपाली कांग्रेसलाई सत्ताको लोभमा फसाएर प्रधानमन्त्री केपी ओली आफ्नो स्वार्थ पूरा गर्न कस्सिएका छन् – उनले भने । यद्यपि कांग्रेस सभापति देउवालगायत नेताहरुले नेकपाले गरेको प्रचारको खण्डन गरेका छन् । तर देउवाको विगत नियाल्ने हो भने सत्ताका लागि जस्तोसुुकै सहमति र सम्झौता गर्न उनी नहिच्किचाउने नेतामा दरिएका छन् । जानकार स्रोतका अनुुसार, गएको पुुुस महिनामा नै ओली र देउवाबीच सत्ता साझेदारीको सहमति बनिसकेको छ । ओलीमाथि पार्टीका शीर्ष नेताले राजीनामा गर्न दबाब बढाएसँगै यस्तो समझदारी बनिसकेको हो– ओली निकट एक नेताले भने । यद्यपि उक्त समझदारीपत्रमा हस्ताक्षर भने गरिएको थिएन, तर लगभग अन्तिम तयारी भईसकेको हो – उनले भने ।
नेकपा भित्र फेरि रडाको मच्चिएपछि ओलीले देउवासँग पुरानो समझदारी ब्यूूँताउन गएको साता आग्रह गरेका छन् । आफ्नो सरकारी निवासमा बोलाएर ओलीले देउवासँग एक्लाएक्लै छलफल गरेका थिए । त्यतिबेला देउवाले ठोस जवाफ दिएका थिएनन् । त्यसैले अस्ती फेरि ओलीका दूतका रुपमा आएका सुुभाषचन्द्र नेम्बाङसँग देउवाले लामै छलफल गरे । यो सबै आफ्ना पार्टीका नेताहरुलाई तर्साउन नाटक मात्रै गरेका हुुन् ओलीले – नेकपाकै ओली विरोधी खेमाका एक नेताले भने ।
ओलीका हरेक चाल बुुझेका माधव नेपाल खेमाका नेताहरुले यो सबै गलाउने रणनीति मात्रै भएको बुुझेका छन् । त्यसैले अब ओलीसँग वार की पारको लडाईं गर्नुुपर्ने अवस्था आइसकेको छ – उनले भने लामो समय समस्या बल्झाएर राख्नुु भन्दा छिनोफानो गरेकै राम्रो । माधव नेपालले ओलीसँग प्रधानमन्त्री त्याग्ने भन्दा तल कुुनै पनि बुुँदामा सहमति हुुन नसक्ने अडान कायमै राखेका छन् । ओलीसँग वार्तामा रहेका प्रचण्डलाई नेपालले प्रष्ट शव्दमा भनेका छन्– तपाईंले ओलीसँग प्रधानमन्त्री पद त्याग्ने भन्दा अन्य कुुनै बुँदामा सहमति जनाउनुु भयो भने त्यसको स्वामित्व हामी लिनेवाला छैनौं ।
त्यही भएर प्रचण्डको प्रेसर बढेको छ – उनी निकट एक स्थायी कमिटी सदस्यले भनेका छन् । तर जति कुरा गर्दापनि ओली भने प्रधानमन्त्री पद नत्याग्ने अडानमा रहेका छन् । त्यही भएकाले छलफल निरन्तर जारी छ । यस अगाडिको विवादमा चिनियाँ राजदूतले ओलीलाई सघाएकी थिइन् । यसपटक भने उनको सहयोग ओली विरोधी खेमालाई हुुने अनुमान गरिएको छ । ओलीलाई थप दवाव सिर्जना गर्न चिनियाँ राजदूतलाई माधव नेपाल पक्षले आग्रह गरेको छ ।
यसरी हेर्दा नेकपा भित्र सल्केको भुुुसको आगो त्यति सजिलै निभ्ने अवस्था चाहिं देखिन्न । तर दुुबै पक्षले आफूलाई बलियो देखाउन र सकेसम्म बार्गेनिङ गर्न एक अर्कालाई त्रस्त बनाउने प्रयास भने जारी राखेका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार