नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार २१:३५:३३
२२ असार, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक आज ३३.२७ बिन्दुले बढेर एक हजार २९८.७३ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ६.३० ले वृद्धि भई २७५.८८ मा पुगेको छ ।
स्टकका अनुसार कूल १७६ कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता शेयर रु ९२ करोड ७८ लाख ४१ हजार ३२९ मा कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सामूहिक लगानी कोषको मात्रै अवस्था नकारात्मक छ । सामूहिक लगानी कोष ०.०६ ले घट्दा बैंकिङ २१.२९, व्यापार १४.४७, होटल ७४.६७, विकास बैंक १४.१५, जलविद्युत् १२.४७, वित्त २.५१, निर्जीवन बीमा २७४.४, उत्पादन ४५.२३, अन्य २९.६२, लघुवित्त ८४.११, जीवन बीमा २६६.४३ बिन्दुले बढेको छ ।
स्टकका अनुसार आज कारोबारका आधारमा नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ५३ लाख ३१ हजार ३८० बराबरको कारोबार भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु सात करोड ८० लाख ९१ हजार ७९३, प्रभु बैंकको संस्थापक शेयर रु चार करोड ८४ लाख ४४ हजार, हिमालयन डिस्टिलरी रु तीन करोड नौ लाख ९४ हजार ७५७, एनएमबी बैंक रु दुई करोड ६० लाख २४ हजार ३४, शिवम् सिमेन्ट रु दुई करोड ४९ लाख ५३ हजार १९४ र नबिल बैंक रु दुई करोड ४० लाख ७० हजार २८४ मा कारोबार भई शीर्ष स्थानमा रहेको छ ।
स्टकका अनुसार ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था र नेपाल पुर्नबीमा कम्पनीका शेयरधनीले १०-१० प्रतिशतले कमाएका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्था ९.९५, गरिमा विकास बैंक ९.८४, यूनाइटेड इन्स्योरेन्स ९.७०, स्वदेशी लघुवित्त वित्तीय संस्था ९.७०, सिद्धार्थ इन्स्योरेन्स ९.४५, आशा लघुवित्त वित्तीय संस्था ९.२८ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ९.१४ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, राधी विद्युत् कम्पनी ९.८९, बोटलर्स नेपाल तराई ५.८६, देवः विकास बैंक ५.१६, जोशी हहाइड्रोपावर ३.९२, बिशाल बजार कम्पनी ३.९१, खानीखोला हाइड्रोपावर ३.७०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ३.४४ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ३.३३ प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
आजको विनिमयदर : अमेरिकी डलर र युरोको भाउ घट्यो
भदौ १४, २०८१ शुक्रबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार
कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा गरिंदै
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति
कात्तिक १७, २०८१ शनिबार
नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् ११४५ शुरु
कात्तिक १७, २०८१ शनिबार
काठमाडौंमा वायु प्रदूषण बढ्यो, कारण के ?
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार