वैकल्पिक व्यवस्था गर्न रिक्सा व्यवसायीको माग
नेपालबहस संवाददाता
असार २२, २०७७ मंगलबार २:२३:२१
२२ असार काठमाडौं । काठमाडौं महानगरीय पर्यटकीय रिक्सा स्वतन्त्र चालक सङ्गठनले लकडाउन (बन्दाबन्दी) का कारण रिक्सा व्यवसाय ठप्प हुँदा दैनिकी चलाउन समस्या भएको भन्दै वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
सो सङ्गठनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा रिक्सा व्यवसायीहरुले बन्दाबन्दी (लकडाउन) का कारण आफूहरु ठूलो मारमा परेका तर राज्यले यो कठिन समयमा पनि राहत तथा सहुलियत नदिएको गुनासो गरे । सोही अवसरमा सङ्गठनका अध्यक्ष कृष्णबहादुर विश्वकर्माले भने, “पर्यटन व्यवसाय हाल ठप्प भएको छ, तत्काल खुल्ने सम्भावना पनि नभएकाले मजदुरको जीवनयापनमा झन समस्या थपिएको छ, यस्तो अवस्थामा राज्यले हामीहरुलाई वैकल्पिक व्यवस्था गर्नुपर्छ ।”
मजदुर प्रायः सुकुम्वासी र घरजग्गा नभएका कोठा भाडामा लिएर बस्नसक्ने क्षमतासमेत नभएकाले रिक्सामा नै सुत्ने होटलमा खाने गर्दै जीविकोपार्जन गरिरहेका असहाय भाएकाले निजहरुको पहिचान गरी गाँस, बास र कपासको व्यवस्था राज्यबाट हुनुपर्ने सङ्गठनको माग छ ।सङ्गठनका सचिव विकास थापा, अखिल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका सदस्य टीका परेल, रिक्सा चालक सानु कान्छा तामाङ र विकास परियारले सरकारले रिक्सा चालकलाई वैकल्पिक व्यवस्था नगरेको खण्डमा सङ्घर्षमा जाने चेतावनी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
आइतबार १० अंकले घट्यो नेप्से, ८ अर्ब ३३ करोडका शेयर खरिदबिक्री भए
मंसिर १६, २०८१ आइतबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार