नेपाल ट्रष्टको दादागिरी रोक्न माग गर्दै सर्वोच्चमा मुद्दा
नेपालबहस संवाददाता
असार २२, २०७७ मंगलबार ४:७:१४
२२ असार, काठमाडौं । नेपाल ट्रष्टले काठमाडौँ प्लाजाको भवन काठमाडौं महानगरपालिकालाई दिएर चलखेल गरेको भन्दै सर्वोच्चमा रिट परेको छ । काठमाडौं प्लाजाको भवन निर्माण गरेर सञ्चालन गर्दै आएका कन्सेप्ट डेभलपर्स प्रालीका प्रमुख सुनिलभक्त श्रेष्ठले लकडाउनको बेला आफूलाई अन्याय गरी व्यापारीको समेत बिचल्ली पार्न लागिएको भन्दै अन्तरिम आदेश माग गरेर सवोच्चमा मुद्दा दायर गरेका हुन ।
सोमबार सर्वोच्चमा दायर गरिएको रिटको सुनुवाईका लागि मंगलबार पेशी तोकिएको छ । २०५० सालमा साढे १६ करोडमा निर्माण गरिएको छ तले प्लाजाको भवन नेपाल ट्रष्टले काठमाडौं महागनरपालिकालाई दिने तयारी गरेको छ ।
महानगरपालिकालाई समेत ठूलो आर्थिक नोक्सानी हुने गरी नेपाल ट्रष्टले आर्थिक सम्झौता गरेको र आफ्नो माग सुनुवाई नगरेको भन्दै श्रेष्ठले सोमबार सर्वोच्चमा मुद्दा दायर गरेका हुन । २७ बर्षका लागि नेपाल ट्रष्टसँग गरिएको सम्झौता म्याद सकिएपनि लकडाउनको अवधिमा व्यापारीको बिचल्ली पारेको र आफुले पटक पटक चिठी लेखेर सम्झौता नवीकरण गर्न तयार हुँदा पनि सुनुवाई नगरेको भन्दै श्रेष्ठले सर्वोच्चमा रिट निवेदन दर्ता गरेको बताएका छन ।
‘यसअघि भएको सम्झौताको म्याद जेठ मसान्तदेखि सकिएको छ । तर नयाँ सम्झौता गर्न सबै प्रयास गर्दै गर्दा, प्रमाण राखेर कुरा गर्दा र चिठी लेख्दा पनि सुनुवाई नगरेर अन्याय भयो’ श्रेष्ठले नेपाल बहससँग गुनासो गर्दै भने, ‘जति गर्दा पनि मेरा र व्यापारीका कुरा नसुनेपछि न्यायको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेको हुँ । आशा छ अदालतले आदेश दिनेछ ।’
सर्वोच्चले मंगलबार रिट निवेदन सुनुवाईको पेशी तोकेको छ । यस्तै काठमाडौँ प्लाजाका व्यापारीले अन्तरिम आदेशको माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार