एभिन्युजका पत्रकार आन्दोलित, एक हप्ताभित्र भुक्तानी दिन चेतावनी !
नेपालबहस संवाददाता
असार २४, २०७७ बुधबार १७:२०:५६
२४ असार, काडमाडौं । एभिन्यूज टेलिभिजनका कर्मचारीले बर्षौदेखि काम गरेको पारिश्रमिक नपाएको भन्दै पत्रकार महासंघमा ज्ञापनपत्र बुझाएका छन । मंगलबार विहान भृकुटीमण्डपमा रहेको पत्रकार महासंघको काठमाडौं शाखामा पुगेर उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन ।
महासंघले ध्यानाकर्षण पश्चात सोधपुछ थालेपछि एभिन्युज टेलिभिजनले आन्दोलित कर्मचारीमाथि दबाब दिन थालेको छ । यसअघि नै एभिन्युजबाट अलग्गिएकाहरुले आन्दोलन चर्काएपछि अहिले कार्यरत पत्रकार तथा कर्मचारीले पनि आन्दोलन गर्न थालेका छन ।
आन्दोलनमा ऐक्यवद्धता जनाउनेलाई एभिन्युज व्यवस्थापनले नाम फिर्ता लिन दबाब दिदै आएको छ । विगतमा पनि एभिन्युजले पारिश्रमिक नदिएको गुनासो छ । जिल्ला संवाददाता रहेका पत्रकारले पनि पारिश्रमिक नपाएको गुनासो छ ।
७ बर्षदेखि एभिन्युजबाट पारिश्रमिक नपाएको जिल्ला तथा प्रदेश ब्युरोका केही पत्रकारहरुको गुनासो छ । केही पत्रकार तथा कर्मचारीलाई थोरै पैसा दिएपनि अरु धेरैलाई पारिश्रमिक नै नदिने गरेको एभिन्युजप्रति गुनासो छ ।
यसपटक काम गरिरहेका र केही समय देखि तलब नपाएर छाडेका १५ जना भन्दा बढी पत्रकारले एकसाथ पारिश्रमिकका लागि महासंघमै पुगेर उजुरी गरेका हुन । अबको एक हप्ताभित्रका पारिश्रमिक लिन बाँकी कर्मचारीलाई भुक्तान नदिए कडा आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ विश्वव्यापीरुपमा हवाई दुर्घटनाको दुःखद् वर्ष, नेपालमा भने केही सुधार
पुष १८, २०८१ बिहिबार
राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष स्थापना
पुष १८, २०८१ बिहिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार