ओली प्रचण्ड सहमति नजिक हुँदा नेपाल पक्षलाई भयो ऐंठन
इन्द्र रिजाल
असार २४, २०७७ बुधबार १८:५१:३८
२४ असार, काठमाडौं । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको निरंकुश शैलीले चरमसीमा पार गरेपछि शीर्ष नेताहरु एकै थलोमा आइपुगे । नेपाली जनताले झण्डै दुई तिहाई मतका साथ स्थानीय, प्रदेश र संघीय सरकार बनाउने जनादेश दिएको छ , तर जनतालाई राहत पुग्ने कुनै काम भएको छैन ।
कोरोना भाइरसको आतंकका बेलासमेत सत्तामा बसेकाहरु भ्रष्ट्राचार र कमिशनमा चुर्लुम्म डुबुल्की मारेका छन् । साथै, प्रधानमन्त्रीसमेत दूधको साक्षी बिरालो बनेको अवस्था छ । अब पार्टी र सरकारको शाख कसरी जोगाउने भन्ने ध्याउन्नमा नेताहरु रुमल्लिएका छन् । जबसम्म ओली सत्तामा रहन्छन्, तबसम्म न त पार्टीकै हित हुन्छ, न सरकार नै लोकप्रिय भन्ने ठहरका साथ नयाँ समीकरण तयार भयो ।
ओली इतर पक्षमा शीर्ष नेताहरु गोलबद्ध भएपछि पार्टीभित्रको समीकरण एकाएक बदलियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत ओली विरोधी खेमामा आवद्ध भएयता सत्तारुढ दल भित्रको तस्बिर नै बदलियो । आक्रामक शैलीमा प्रस्तुत हुने ओली अब भने रक्षात्मक अवस्थामा आइपुगेका छन् । सचिवालय बैठकमा ओली पटक पटक अल्पमतमा परे ।तर विभिन्न फण्डा झिकेर ओली सधैं उम्कने अवस्था बनेको थियो । तर गएको असार दोस्रो साताबाट शुरु भएको स्थायी कमिटी बैठकमा ओलीविरुद्ध लगभग सबै सदस्य एकताबद्ध भएपछि ओलीमाथि दुवै पदबाट राजीनामा दिन चर्काे दवाव प¥यो ।
बालुवाटार जग्गा प्रकरणमा ओलीले नेता माधव नेपाललाई जेल नै हाल्ने तयारी गरेकोमा अख्तियार प्रमुख नबीन घिमिरेले नमानेको जानकारी आफूहरुसँग रहेको पनि उनले खुलासा गरे । यस्तो अपराधिक सोच र मनोबृत्तिबाट ग्रस्त व्यक्तिलाई प्रधानमन्त्री पदका कायमै राख्ने हो भने भोलि प्रचण्डसमेत जेलमा कोचिने चेतावनी उनले दिए ।
त्यसपछि बल्ल शुरु भयो महाभारत । महाधिबेशनबाट निर्वाचित ओली अर्काे महाधिबेशनसम्मका लागि वैध अध्यक्ष हुुन् । साथै, गत निर्वाचनमा ओलीको राष्ट्रवादी छवि बनेकै कारण आम नेपालीले उनको नेतृत्वलाई मतदान गरेकै हुुन् । त्यही बलमा ओली प्रधानमन्त्रीसमेत बन्न सफल भएका थिए । तर पछिल्लो अवस्थामा ओलीले दुबै पद त्याग्नुपर्ने दवाव बनाइएपछि परिस्थितिले नयाँ स्वरुप लिएको हो ।
अब भने नेकपा वार की पारकै अवस्थामा आइपुगेको छ । कि त ओली शासन व्यहोर्न प¥यो या विभाजन स्वीकार्नुप¥यो ।पछिल्लो अवस्था ठीक यस्तै छ । पार्टी संयन्त्रहरुमा सबैतिर घोर अल्पमतमा रहेका ओली संसद अधिवेशन अन्त्य गरेपछि फेरि आक्रामक शैलीमा उत्रिएका छन् । त्यही त्राशले गर्दा नेताहरु जारी स्थायी कमिटी बैठक पटक पटक स्थगित गरेर ओलीलाई फकाएर राजीनामा गराउने ध्याउन्नमा कस्सिएका छन् । यसका लागि असन्तुष्टहरुले प्रचण्डलाई ओलीसँग आवश्यक संवाद गर्न म्याण्डेट दिएका छन् । सोही बमोजिम ओली र प्रचण्डबीच चरणवद्ध रुपमा छलफल जारी छ । पटक पटक गरिएका छलफल निचोडमा नपुगेपनि सकारात्मक रहेको भन्दै भाका फेरिएकै छन् । आजका लागि तय गरिएको स्थायी कमिटी बैठक फेरि पर्सिसम्मका लागि स्थगित गरिएको छ ।
अध्यक्षद्वयबीच भइरहेका बैठकले निचोड ननिकाले पनि सही दिशा पक्रेको भनिएको छ । तर उनीहरु आपसमा शक्ति बाँडफाँडमा केन्द्रित रहेको हल्ला फैलिएपछि भने माधवकुमार नेपाल समूहमा खैलाबैला भएको छ । समग्र पार्टी भित्रको समस्याको निकास ओली र प्रचण्डबीचको लेनदेनबाट सुल्झन नसक्ने भनाई नेपाल पक्षीय नेताहरुको रहेको छ । त्यसैले जबसम्म ओलीले पद त्याग गर्ने विषयमा सहमति जनाउँदैनन् तबसम्म आफूहरुलाई कुनैपनि सहमति स्वीकार्य नहुने एक नेपाल पक्षीय केन्द्रीय सदस्यले भने ।
नेपाल पक्षले कतै प्रचण्ड र ओलीबीच आपसी लेनदेनमा विवाद निप्टारा गर्न खोजिएका त होइन भन्ने त्राशमा रहेको पाइन्छ । कतै ओली र प्रचण्ड मिलेर हिजो जस्तै एकलौटी गर्ने त होइनन् भन्ने मनोविज्ञानले काम गरेको पाइन्छ । तर नेपाल भने ओलीलाई प्रधानमन्त्रीबाट विस्थापन गर्न सकियो भने भोलि कुनै पनि बेला प्रचण्डसँग खोस्न सकिने कुरामा ढुक्क देखिन्छ ।
खासगरी प्रधानमन्त्री पदबाट राजीनामा नदिएसम्म ओलीलाई स्वीकार्न नसकिने उनको भनाई छ । आफ्ना प्रतिस्पर्धी नेताहरुलाई बिभिन्न बहानामा जेल नै हाल्नेसम्मको तयारीमा रहेका ओलीप्रति विश्वास गर्न नसकिने ती नेताको भनाई छ । बालुवाटार जग्गा प्रकरणमा ओलीले नेता माधव नेपाललाई जेल नै हाल्ने तयारी गरेकोमा अख्तियार प्रमुख नबीन घिमिरेले नमानेको जानकारी आफूहरुसँग रहेको पनि उनले खुलासा गरे । यस्तो अपराधिक सोच र मनोबृत्तिबाट ग्रस्त व्यक्तिलाई प्रधानमन्त्री पदका कायमै राख्ने हो भने भोलि प्रचण्डसमेत जेलमा कोचिने चेतावनी उनले दिए ।
हामीले समग्र पार्टी हितका लागि ओलीको बहिर्गमनको कुरा गरेका हौं भन्दै उनले तर कसैको व्यक्तिगत लाभ पूरा गर्ने संयन्त्रका रुपमा पार्टीलाई दुरुपयोग नगर्न उनले चेतावनी दिए । ओलीको बिकल्पमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने तर पार्टी भित्र छलफल गरेर मात्र सम्भव हुने पनि उनले खुलाए । तर प्रचण्ड निकट नेताहरु भने नेपाल पक्षले अनावश्यक हल्ला मात्र गरेको दावी गरेको छ । प्रचण्डको सचिवालयका एक सदस्यले भने – माधव नेपाल र प्रचण्डबीच पटक पटक संवाद भएको छ । कतै कुनै स्वार्थ प्रचण्डमा छैन । किन हो अनावश्यक हल्ला ?
प्रचण्ड निकट स्रोत भन्छ– स्वयं माधव नेपालले अब ओली पछाडिको प्रधानमन्त्री तपाईं नै हो भनेर धेरै पटक प्रचण्डलाई भनिएको छ । तर प्रचण्डले सबै कुरा पार्टीमा छलफल गरेर मात्र गरौं भन्नुभएको छ । नेपाल पक्षले कतै प्रचण्ड र ओलीबीच आपसी लेनदेनमा विवाद निप्टारा गर्न खोजिएका त होइन भन्ने त्राशमा रहेको पाइन्छ । कतै ओली र प्रचण्ड मिलेर हिजो जस्तै एकलौटी गर्ने त होइनन् भन्ने मनोविज्ञानले काम गरेको पाइन्छ । तर नेपाल भने ओलीलाई प्रधानमन्त्रीबाट विस्थापन गर्न सकियो भने भोलि कुनै पनि बेला प्रचण्डसँग खोस्न सकिने कुरामा ढुक्क देखिन्छ ।
उता, ओली पक्ष भने तत्काललाई अध्यक्ष र प्रधानमन्त्री दुुवै छाड्ने कुनै सम्भावना नरहेको स्पष्ट गर्छ । अहिलेसम्म भएका छलफल भनेको २०७५ मंसिर ४ को सहमतिलाई नै परिमार्जन गर्ने भन्ने रहेको दावी ओली पक्षको छ । जसमा प्रचण्डलाई कार्यकारी अध्यक्षका रुपमा पार्टी सञ्चालनको एकल निर्णय गर्न दिने कुरामा थप स्पष्ट गर्ने भन्ने रहेको छ । साथै, एक व्यक्ति एक पदको पक्षमा पनि केही कुुरा भएको तर तत्कालै कार्यान्वयन गर्न नसकिने ओली पक्षको भनाई रहेको छ ।
ओली पक्षीय एक नेताका अनुसार, केही समयपछि भने अध्यक्ष पदबाट समेत ओलीले राजीनामा दिने तर प्रचण्ड मात्रै एकल अध्यक्ष रहने व्यवस्था गरिने छ । त्यसैले बाहिर जतिसुकै हल्ला गरिएपनि ओलीले कुनै पनि हालतमा प्रधानमन्त्री र अध्यक्ष पद त्याग्ने कुरा असम्भव रहेको ती नेताको भनाई छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको चुलिँदो विवादले आखिर के निकास देला त भनेर अहिले यसै भन्न सकिने अवस्था भने छैन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार