दमौली अस्पतालको स्तरोन्नतिका लागि सरोकारवाला एकमत
नेपालबहस संवाददाता
असार २४, २०७७ बुधबार २१:१०:२९
२४ असार, तनहुँ । सदरमुकाममा रहेको दमौली अस्पतालको स्तरोन्नतिका लागि सरोकारवालाले एकमत जनाएका छन् । जग्गा अभावमा लामो समयदेखि स्तरोन्नति हुन नसकेको अस्पताललाई जग्गा प्राप्ति गर्ने अभियानमा सबैले साथ र सहयोग दिने प्रतिवद्धता जनाएका हुन् ।
दमौली अस्पताल व्यवस्थापन समितिले आज आयोजना गरेको छलफल तथा अन्तक्र्रियामा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले अस्पताल नजिकैका कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको जग्गा अस्पताल मातहत ल्याउन सके स्तरोन्नतिमा कुनै समस्या नरहेको बताए । “अस्पताल, कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल प्रदेश सरकार मातहतकै कार्यालय हुन्, प्रदेश सरकारले निर्णय गरिदिए जग्गा प्राप्त गर्न कठिन छैन,” उनले भने, “अस्पताल व्यवस्थापन समिति यसतर्फ गम्भीर भएर लागोस् ।”
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले दमौली अस्पतालको स्तरोन्नतिका लागि नगरपालिका सदैव सकारात्मक रहेको बताए । “सबैको सहयोग भयो भने अस्पतालको स्तरोन्नतिमा कुनै समस्या छैन, नगरपालिका सदैव अस्पताल स्तरोन्नतिका पक्षमा छ,” न्यौपानेले भने । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले विकासको काममा सरकारी जग्गाको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै कृषि, पशु कार्यालयको वैकल्पिक व्यवस्थापन गरेर अस्पतालले त्यसको जग्गा प्रयोग गर्न सुझाव दिए । व्यास नगरपालिका–३ का वडासदस्य रवीन पौडेलले अहिले भइरहकै ठाउँबाट अस्पतालको सेवा वृद्धि गर्न सकिने भएकाले त्यसतर्फ सोच्नुपर्नेमा जोड दिँदै जग्गा अभावलाई देखाएर अस्पतालको स्तरोन्नति रोकिनु दुःखद भएको बताए ।
दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालसँग जोडिएका कृषि, पशु र प्रहरी उपरीक्षकको निवासको जग्गा अस्पताललाई प्राप्त गराउन विगतमा पनि निर्णय भएपनि ठोस् प्रक्रिया पूरा हुन नसकेको बताए । पन्ध्र श्ययाको दमौली अस्पताल मातहतमा हाल साढे १५ रोपनी जग्गा रहेको पचास श्ययाको अस्पताल बनाउन कम्तीमा ३५ रोपनी जग्गा आवश्यकपर्ने देखिएको छ । अस्पताल स्तरोन्नतिका लागि आवश्यक प्रतिवेदन तयार गर्नका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिसकेको छ ।
पन्ध्र श्ययाको अस्पताल भए पनि हाल दमौली अस्पतालबाट ४२ श्ययामा सेवा प्रवाह भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेट डा सुनिल पौडेलका अनुसार भेन्टिलेटरसहित सघन कक्ष स्थापनाका लागि भेन्टिलेटर खरिद प्रक्रियामा रहेको छ । अस्पतालले आँखा, दाँत सेवा विस्तार, नकुहिने फोहर निर्मूलीकरणका लागि प्रक्रियासमेत शुरु गरिसकेको छ ।
डा पौडेलका अनुसार अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूतिरोगका विशेषज्ञ डाक्टरको दरबन्दी थप हुनेछ । दमौली अस्पतालमा सरकारी तर्फका १८ र अस्पताल व्यवस्थापन समितिबाट १८ करारमा कर्मचारी कार्यरत छन् । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवासमेत प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
पुष १६, २०८१ मंगलबार
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
पुष १४, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार