गृहमन्त्री प्रधानमन्त्रीकै पक्षमा
नेपालबहस संवाददाता
असार २४, २०७७ बुधबार २१:४५:१५
२४ असार, काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र गम्भीर विवाद देखा परेका बेला सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा पनि ओलीकै पक्षमा उभिएका छन् ।
पूर्वमाओवादी नेता थापाले कहिले प्रचण्डलाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको त कहिले प्रधानमन्त्रीको साथ छाडेको खबर नआएका पनि हाेइनन । त्यसै पनि जल्दाबल्दा विषयहरूमा सार्वजनिक रूपमा खुल्न नचाहने उनको स्वभावले गर्दा पनि धेरैले पार्टी विखण्डनको सङ्घारमा पुगेका बेला उनको भूमिकाप्रति चासो राखेको पाइन्छ।
पार्टीभित्रको झगडाबारे सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’का एक साताको अन्तरमा आएका परस्परविरोधी अभिव्यक्तिले सत्तारुढ दल नेकपामा खैलाबैला मच्चिएको छ । गृहमन्त्रीसमेत रहेका थापाका दुई परस्परविरोधी अभिव्यक्तिले नेकपाभित्र चर्किएको सत्ता संघर्षलाई थप रहस्यमयी बनाएको केही नेताहरुको भनाइ छ ।
प्रधानमन्त्रीले आफूमाथि आक्रमण भइरहेको भन्दै मन्त्रीहरूलाई आ-आफ्नो कित्ता स्पष्ट गर्न केही दिनअघि आग्रह गरेको समाचारहरू आएका थिए। अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल प्रधानमन्त्रीलाई पद त्याग्न गराउन दृढ रहेको खबरमाझ स्थायी समितिको बैठक बुधवार पनि स्थगित भएको छ।
स्थगनको शृङ्खला लम्बिँदै गएका बेला दुई अध्यक्षबीच छलफलको शृङ्खला भने जारी छ। पार्टीको कुनै निकायले भन्दैमा प्रधानमन्त्री राजीनामा नदिने पक्षमा रहेको बुझिन्छ। त्यस्तो स्थितिमा प्रधानमन्त्रीलाई संसदीय दलबाट हटाउन खोज्ने र जोगिन वा जोगाउन चाहेको पक्षमा सांसदहरूको बहुमत आवश्यक हुन्छ। त्यस अर्थमा पनि गृहमन्त्री थापाको भूमिका महत्त्वपूर्ण हुने ठानिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार