निरन्तर वृद्धि भएको बजारमा देखिएको करेक्सनलाई कसरी हेर्ने ? कारोवार रकमले के देखायो ?
आर्थिक संवाददाता
असार २४, २०७७ बुधबार २२:५४:२३
२४ असार, काठमाडाैं । केही दिनदेखि निरन्तर वृद्धि भएको शेयर बजारमा आज भने करेक्सन देखिएको छ । अल्पकालीन लगानीकर्ताहरुले प्रोफिट बुक गर्दा आजको बजारमा दोहोरो अंकको गिरावट आएको हाे । नेप्से परिसूचकमा आज १० दशमवल १३ अङ्कको गिरावट आएको छ । बजार १३२६ दशमलव ५३ विन्दुमा बन्द भएको छ ।
हिजो १ अर्ब २१ करोड शेयर कारोवार भएकोमा आज भने बजार करेक्सन हुँदा १ अर्ब ७ करोडको मात्र शेयर किनबेच भएको छ । करेक्सनको बेलामा कारोवार रकम वृद्धि नहुनुलाई सकारात्मक मानिन्छ । करेक्सनको बेलामा ठूलो परिमाणमा कारोवार हुनु भनेको बिक्रीकर्ता आत्तिएको मानिन्छ तर आज सो प्रवृत्ति देखिएन ।
बढ्दो प्रवृत्तिमा केहि अंकले बजार घट्नु सामान्य कुरा हो । यसले बजार घटी हाल्ने संकेत गरेको देखिदैन् । आजको मैनबत्तीले बियरिस चित्र बनाए पनि बजारमा उतारचढाब कम भएको जानकारी दिएको छ ।
बजार आज १३३८ दशमलव ५४ को विन्दुमा खुलेको थियो भने ११ बजेर ३४ मिनेटमा १३१९ दशमलव २८ को न्यून विन्दु सम्म पुगेको थियो भने १२ बजेर १९ मिनेटमा १३४३ दशमलव ६० को उच्च विन्दु सम्म पुगेको थियो ।
दैनिकी अवधिमा “आरएसआई” ५० दशमलब ५५ को बिन्दुमा छ। यो अक्सिलेटरले बजार हालसम्म सकारात्मक रहेको जानकारी दिएको छ । “एडीएक्स” ले बजार निश्चित रुपमा बढी हाल्ने संकेत नगरे पनि जोड – बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजार बढ्ने जानकारी गराएको छ। “अन ब्यालेन्स भल्यूम” ले पनि बजारमा क्रेताको चाप हुन थालेको जानकारी गराएको छ ।
आज ट्रेडिङ्ग र म्युचअल फण्ड उपसुचकमा मात्र वृद्धि देखिएको छ भने अन्य सपूर्ण उपसुचकमा गिरावट आएको छ । आज सबै भन्दा धेरै होटल उपसुचकमा २ दशमवल ७२ प्रतिशतको गिरावट आएको छ।
नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोवार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ५७ लाखको शेयर किन बेच भएको छ भने दोश्रोमा नेपाल लाईफ इन्स्योरेन्सको ७ करोड १४ लाख बाराबारको शेयर कारोवार भएको छ।
सुर्योदय लघुवित्तको शेयर मूल्य सर्वाधिक ९ दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ भने तारागाउँ रिजेन्सी होटलको शेयर मूल्य ६ दशमलव ९८ प्रतिशतले घटेको थियो ।
नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला !
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार
गोलभेडा खेतीमा कीटनाशक औषधि छर्किदै किसान
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
फ्रान्समा भेटिए १० वर्ष देखी श्रीमतीलाई सामूहिक बलात्कार गराउने अपराधी
मंसिर १२, २०८१ बुधबार
मस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार