एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण शेयर सुचीकृत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
असार २५, २०७७ बिहिबार २०:११:२
![](https://nepalbahas.prixacdn.net/media/albums/Nepse_b4sZm3rgnY.jpg)
२५ असार, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर नेपाल स्टक एक्सचेन्जमा सुचीकृत भएको छ । लघुवित्तले हालै सर्वसाधारणमा जारी गरेको ४७ लाख ५५ हजार कित्ता र संस्थापक शेयर १ करोड ४५ हजार कित्ता समेत गरी जम्मा १ लाख ४८ लाख कित्ता शेयर नेपाल स्टक एकसचेन्जमा सुचीकरण भएको हो ।
नेपाल धितोपत्र बोर्डबाट २०७६ चैत्र ४ गते स्वीकृत विवरणपत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ४६ मा भएको व्यवस्था बमोजिम सर्वसाधारणमा निष्काशन गर्नु अगावै ११ वटा सामुहिक लगानी कोषहरुको १८ वटा योजनाहरुबाट कुल २ करोड ३७ लाख ८० हजार कित्ता शेयर माग गरी आवेदन प्राप्त भएको थियो ।
११ वटा सामुहिक लगानी कोषका १८ वटा योजनाहरुलाई माग गरेको अनुपातमा समानुपातिक हिसाबले जम्मा २ लाख ३७ हजार ८ सय कित्ता शेयर बाँडफाँड भएको र कर्मचारीहरुलाई ७४ हजार कित्ता शेयर छुट्टाइएकोमा १६६ जना कर्मचारीहरुबाट ७४ हजार कित्ता शेयर बाँडफाँड गरी बाँकी सर्वसाधारणलाई छुट्याईएको थियो । प्राथमिक निष्काशन ४४ लाख ४३ हजार दुई सय कित्ता शेयर सर्वसाधारणको लागि विक्री खुल्ला गरिएकामो ३ लाख ९७ हजार ७४१ वटा आवेदन परेको थियो ।
संस्थाका सहायक कार्यकारी अधिकृत सुविनकाजी श्रेष्ठका अनुसार आ.व. २०७६-७७ को तेस्रो त्रैमाससम्ममा कर्जा लगानी रू. ७ अर्ब २२ करोड पु¥याउन सफल भएको छ र बचत संकलन तर्फ रू. १ अर्ब १ करोड पु¥याउन वित्तीय संस्था सफल भएको छ । वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको श्रेष्ठको भनाई छ । यस त्रैमासमा वित्तीय संस्थाको निश्कृय कर्जा अनुपात ०.३२ % र प्रतिशेयर आम्दानी रु १६.३० रहेको उनले जनाए ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरि स्थापना भएको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र संस्थाप्रतिको भरोसासहित हाल तत्काल खोलिएका शाखाहरु सहित ३३ जिल्लाहरुमा १०५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
“साथीसँगै सवल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट,सल्यान रसुवा,सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आईरहेको सहायक कार्यकारी अधिकृत श्रेष्ठले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार