आजदेखि भारी वर्षा : सरकार ‘हाईअलर्ट’मा, सतर्क रहन आग्रह
नेपालबहस संवाददाता
असार २५, २०७७ शुक्रबार १:४५:५२
काठमाडौं । मुलुकभर आजदेखि चार दिन लगातार भारी वर्षाभई विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या हुने मौसम पुर्वानुमान गरिएसँगै सरकार उच्च सावधानीमा ‘हाई अलर्टमा’ रहेको छ । राज्यको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यमा खटिने मातहतका निकाय तत्कालै परिचालन गर्नसक्ने गरी सरकारले उच्च तयारी गरेको छ ।
आवश्यक राहत तथा खाद्य सामग्रीको मौज्दातको अध्यावधिकसमेत गरिएको छ भने उद्धारका कुनकुन सामग्री कहाँ-कहाँ छन् भनेर सबै यकिन गरिएको छ । गृहमन्त्रालयका अनुसार तत्कालै परिचालन हुने गरी संयन्त्र तयारी अवस्थामा राखिएको छ । विपद् व्यवस्थापनकै सम्बन्धमा आज गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापाले मातहतका ७७ वटै जिल्लाका सरोकारवाला निकायलाई आवश्यक तयारीमा रहन र विपद् जोखिम न्यूनीकरणको काममा खटिन आवश्यक निर्देशन दिइएको बताए ।
कोभिड–१९ बाट उत्पन्न सङ्कटमा मुलुक रहेका बेला पुनः विपद्जन्य सङ्कट उत्पन्न भएकाले त्यसलाई सामना गर्न र जनधनको सुरक्षा गर्नु अहिले प्रमुख चुनौती खडा भएको उनको भनाइ थियो । मन्त्री थापाले मुलुकभरका सबै निकायलाई हाई अलर्टमा रहनसमेत निर्देशन दिए । उनले घटना घट्नासाथ तुरुन्तै परिचालन हुनेगरी तयारीमा रहनसमेत सम्बद्ध निकायलाई निर्देशन दिए।
“विपद्मा कमभन्दा कम क्षति होस्, जनताको जीउधनको क्षति रोक्न सकौँ, हामी सबै त्यसमा लाग्नु जरुरी छ”, उनले भने । उनले आगामी चार दिन अझै धेरै वर्षा हुने अनुमान गरिएकाले थप सचेत हुन नदी किनार आसपासका क्षेत्रका बासिन्दासँग अनुरोध गरे ।
गृहसचिव महेश्वर न्यौपानेले विपद्बाट जोखिम कम गर्न उद्धार र राहत व्यवस्थापनमा आवश्यक तयारी गरिएको र मातहतका निकायलाई तयारीमा रहन भनिसकेको जानकारी दिए। मौसमविद्का अनुसार आजदेखि चार दिन मुलुकका विभिन्न चार प्रदशेमा भारी वर्षा हुनेछ । प्रदेश नं १, २ बागमती प्रदेश र गण्डकी प्रदेशमा बढी जोखिम रहेको र अन्य प्रदेशमा पनि जोखिम रहेको जनाइएको छ ।
विशेष गरी तराई र चुरे क्षेत्रका मुख्य नदी तथा शाखा नदीमा सावधानी अपनाउन भनिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यो चारदिन कष्ट सहेरै पनि नदी किनार क्षेत्रमा र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी अन्यत्र सुरक्षित ठाउँमा जान सर्वसाधारणलाई अपिल गरेका छन् ।
विपद्को पुर्वानुमान गरिएको पहिलो दिन आज बिहान सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा भेलपहिरो र बाढीले ठूलो क्षति पु¥याएको छ । अन्य जिल्ल्लमा समेत बाढी, पहिरोका घटना भएका छन् । पानीको बहाव बढ्दो छ । वरिष्ठ मौसमविद् सुमन रेग्मीका अनुसार मनसुन सक्रिय भएर ठाउँठाउमा अहिले मध्यम पानी परिरहेको छ ।
अझै बढी वर्षा गराउने न्यूनचापीय रेखा भारतको विहार र उत्तरप्रदेशमा रहेकाले त्यो नेपालतर्फ आइरहेको रेग्मीले बताए । गएराति नेपालको पूर्व तराई क्षेत्रमा न्यूनचापीय रेखा प्रवेश गर्नेछ । त्यसैले रातिबाट थप वर्षा हुनेछ । यसरी आगामी तीन दिन भारी वर्षा हुने उनले बताए ।
बाढी पूर्वानुमान महाशाखाका प्रमुख विक्रम श्रेष्ठले गएराति सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा १४३ दशमलव ४ मिलिमिटर पानी परेकाले बाढी र पहिरो आएको बताए । “कुनै ठाउँमा १०० मिलिमिटर पानी पर्नु भनेको पहिरोको उच्च जोखिम हुनु हो, त्यहाँ बढी पानी परेको थियो”, उनले भने, “अन्य क्षेत्रमा रातिदेखि पानी पर्ने भएकाले पहिरोको थप जोखिम छ ।”
उनले यसअघि नै जमिन गलिसकेकाले थोरै पानी पर्दैमा पहिरो र बाढीको ठूलो जोखिम हुने बताए । यो बीचमा ३० हजारभन्दा बढी मानिसहरुमा सतर्कताका लागि मोबाइल सन्देश पठाइसकेको बताए ।
खानी तथा भूगर्भविभागका वरिष्ठ भूगर्भविद् शिवकुमार बाँस्कोटाले नेपालमा भौगोलिक विविधता रहेकाले एक ठाउँको अध्ययनले अर्को ठाउँमा काम गर्ननसक्ने बताए। उनका अनुसार हिमालय रिजनमा नेपाल पर्ने भएकाले पहिरोको जोखिममा मुलुक रहेको बताए । मुख्यगरी चुरे क्षेत्र र महाभारत क्षेत्रमा बढी पहिरो जाने बाँस्कोटाको भनाइ छ ।
आजको आकस्मिक बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले अहिलेसम्म भएगरेका गतिविधिका बारेमा जानकारी गराए । उनले यो पकट आएको ठूला घटना भेलपहिरो भएकाले यसरी विगतमा पहिरो खसेर बनेको भूभागमा कम्तिमा मनसुन सक्रिय भएको बेला नबसी अन्यत्रै सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार