नारायणी अस्पतालमा कोरोनाको सःशुल्क परीक्षण सुरु
नेपालबहस संवाददाता
असार २५, २०७७ शुक्रबार २:४४:१९
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालले कोरोना भाइरसको सःशुल्क परीक्षण सुरु गरेको छ । बिहीबार एक सूचना जारी गर्दै अस्पतालले सःशुल्क पीसीआर परीक्षण गर्ने जानकारी गराएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा मदन कुमार उपाध्यायद्वारा जारी सूचनामा प्रोटोकल भन्दा बाहिरका व्यक्तिहरुले आरटी पीसीआर गराउँदा ५ हजार ५ सय रुपैयाँ लाग्ने उल्लेख छ ।
त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २४ गते नारायणी अस्पतालसहित ६ वटा अस्पताललाई सःशुल्क पीसीआर परीक्षण सेवा दिन निर्देशन दिएको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले प्रत्येक प्रदेशमा एउटा प्रयोगशालालाई मात्रै यस्तो अनुमति दिने निर्णय गरेको थियो ।
प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ लुम्बिनी अस्पताल, कर्णालीमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशााला सुर्खेत र सुदूर पश्चिममा धनगढी अस्पताललाई सःशुल्क परीक्षणको अनुमति दिईएको छ ।
स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा समीरकुमार अधिकारीले निर्देशिका बाहेकका नमुना परीक्षणका लागि सम्पूर्ण परीक्षणको पच्चीस प्रतिशतमा नबढ्ने गरी शुल्क लिइने जानकारी दिए । यसअघि बागमती प्रदेशमा वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पतालले यस्तो सेवा दिँदै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
छहरे-टोखा सडक खण्डमा माइक्रोबस दुर्घटना, दुई जना गम्भीर घाइते
असोज १४, २०८१ सोमबार
खोलाले बगाएका चौधरीको शव तीन दिनपछि भेटियो
असोज १४, २०८१ सोमबार
किस्ने खोलाले बगाएर बेपत्ता भएका चौधरीको शव भेटियो
असोज १४, २०८१ सोमबार
खोला किनारमा यत्रतत्र गिज्याएर बसिरहेका प्लास्टिक [ फोटो फिचर ]
असोज १४, २०८१ सोमबार
मेलम्ची खानेपानीको वर्तमान अवस्था सम्बन्धमा छलफल
असोज १४, २०८१ सोमबार