गोल्ड स्टारद्वारा नेपालमै गुणस्तरीय पीपीई र मास्क उत्पादन, ६ हजार पीस मास्क सहयोग
नेपालबहस संवाददाता
असार २५, २०७७ शुक्रबार ३:३:४२
काठमाडौं । नेपालको चर्चित जुत्ता उत्पादक गोल्डस्टार कम्पनीले नेपालमै पीपीई र मास्कको उत्पादन सुरू गरेको छ । गोल्डस्टारले विश्वव्यापी महामारी काेराेना नियन्त्रणमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन नेपालमै अन्तर्राष्ट्रिय गुणस्तरको पीपीई र मास्क उत्पादन सुरु गरेको हो ।
विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका अनुसार पीपीई र मास्क उत्पादन भइरहेको कम्पनीका बजार प्रवन्धक इरज श्रेष्ठले जानकारी दिए । उनका अनुसार चिकित्सकका लागि सर्जिकल मास्कका साथै एन ९५ मास्क कम्पनीले उत्पादन गरिरहेको छ । मल्टिगार्ड टेक कम्पनी अन्तर्गत विक्री भइरहेको गोल्डस्टारले जानकारी दिएको छ ।
मल्टिगार्डले पीपीई उत्पादनका लागि त्रिभुवन विश्वविद्यालयको व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)बाट प्रमाणीकरण गरी उत्पादन सुचारू गरेको छ । “विश्वस्तरीय पीपीई निर्माणका लागि थुप्रै मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । उत्पादनमा प्रयोग हुने सामग्रीमा नाक, मुखबाट निस्किने सानासाना कणसम्मलाई रोक्न सक्ने क्षमता हुनैपर्छ । हामीले ती सम्पूर्ण मापदण्डहरूलाई आत्मसात गरेका छौँ,’ कम्पनी प्रमुख विदुषी राणाले भनिन्, ‘कोरोना रोकथामका लागि अग्रमोर्चामा रहेर काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई पीपीईको अभाव नहोस् भनेर हामीले प्रतिकुल परिस्थितिमा पनि गुणस्तरीय उत्पादन सुरु गरेका हौं ।’
उनले नेपालमै गुणस्तरीय पीपीई र मास्क उत्पादन भएपछि बजारमा हुने अभावलाई पूर्ति गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिन् । कारखाना भित्र पनि सामाजिक दूरी र सुरक्षाको मापदण्ड पूरा गरी उत्पादन गरिएका यी सामग्रीहरूको निर्माणमा ५० जना महिला कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ ।
यसैबीच कम्पनीले देशभरका विभिन्न अस्पतालालाई पीपीईसहित ६ हजार मास्क वितरण गरेको छ । बिहीबार कम्पनीले ललितपुरको लगनखेलस्थित पाटन अस्पताललाई ४०० पीस मास्क उपलब्ध गराएको छ । यसअघि कम्पनीले पाँच हजार पीस मेरो मास्क चिकित्सक भगवान कोइरालामार्फत् देशका विभिन्न अस्पतालमा सहयोग गरेको छ । त्यस्तै १०० पीस मास्क नेसनल क्यान्सर अस्पताल र १०२ पीस नेपाल एम्बुलेन्स सेवालाई उपलब्ध गराइएको कम्पनीका बजार प्रवन्धक श्रेष्ठले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
खोलाले बगाएका चौधरीको शव तीन दिनपछि भेटियो
असोज १४, २०८१ सोमबार
किस्ने खोलाले बगाएर बेपत्ता भएका चौधरीको शव भेटियो
असोज १४, २०८१ सोमबार
खोला किनारमा यत्रतत्र गिज्याएर बसिरहेका प्लास्टिक [ फोटो फिचर ]
असोज १४, २०८१ सोमबार
मेलम्ची खानेपानीको वर्तमान अवस्था सम्बन्धमा छलफल
असोज १४, २०८१ सोमबार
बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित
असोज १४, २०८१ सोमबार