शङ्कास्पद मृत्यु प्रकरणमा सात जना पक्राउ
नेपालबहस संवाददाता
असार २६, २०७७ शुक्रबार १६:२६:२९
काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय चितवनले दुई व्यक्तिको शङ्कास्पद मृत्युका विषयमा अनुसन्धान गर्न सात जनालाई नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१० मा बोरामा पोको पारेर फालिएका भरतपुर १४ का राजकुमार गुरुङको हत्याको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार गुरुङको परिवारको किटानी जाहेरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । यस्तै भरतपुर –२५ शुक्रनगरमा आफ्नै बारीमा मृतावस्थामा भेटिएका २७ वर्षीय सञ्जय खनालको मृत्यु प्रकरणमा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । खनालको हत्या गरेको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिइए पनि एक जनालाई निगरानीमा राख्ने गरी छाडिएको थापाले बताए । खनाल यही असार १८ गते आफ्नै बारीमा मृतावस्थामा भेटिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसएसपी बढुवाका लागि चरम राजनीतिक लविङ
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका दुई डीआइजी एआइजी बढुवामा सिफारिस
पुष १८, २०८१ बिहिबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार