दिपा श्री निरौलाले अभिभाबक खोज्दा तुच्छ गालि गलौंज सुन्नु पर्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार २६, २०७७ शुक्रबार २०:२१:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/deepa_VF0E0ni5IU.jpg)
काठमाडौं । केहि दिन यता महानायकको बिषयलाइ लिएर सामाजिक संजालमा भाइरल भइरहेकी दिपा श्री निरौलालाई एउटा अभिव्यक्तिको कारणले गर्दा तुच्छ गालि गलौंज तथा अपशब्द सुन्नु परेको छ । यो आम नेपाली चलचित्र क्षेत्रको लागि शुभ संकेत भने पक्कै होइन, अभिव्यक्ति स्वत्रन्त्रता नैसर्गिक अधिकार हो भने कुनै पनि बिषयमा छलफल गर्न तथा बोल्न पाउनु सम्पूर्ण नागरिकको हक हो ।
दिपा श्री निरौला एक अभिनेत्री मात्र नभएर निर्माता निर्देशक तथा आम नेपाली नागरिक समेत हुन् । उनि कलाकार मात्र नभएर एक नारि हुन् भने कसैको छोरी पनि हुन् । बिगत ३ दशक देखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहेर चलचित्र क्षेत्रको बृहत्तर हितको लागि उनले पनि योगदान पुर्याउदै आएकी सर्बबिधितै छ ।
दिपा श्री निरौलाको एक टेलिभिजन अन्तरबार्तामा महानायक होइन भनेको शब्द छैन १ महानायक हुनुहुन्छ र भनेको शब्दलाइ लिएर धेरै टिका टिप्पणीहरु आईरहेको छन् भने एक नारीको अस्मिता माथिनै धावा बोल्दै तल्लो स्तरको अपशब्दहरु सामाजिक संजाल भरि छ्याप छ्याप्ती भरिएका छन् । यहि बिषयलाइ लिएर उनले सामाजिक संजाल मार्फत पटक पटक आफ्ना शुभचिन्तकहरु समक्ष माफि समेत माग्दै मेरो आशय यस विषम परिस्थितिमा महानायक जस्तो व्यक्तिले खुलेर देश समाजको लागि आउनु पर्थ्यो भन्ने हो भनेर धेरै पटक स्पष्टिकरण समेत दिइसकेकी छिन ।
नेपाली चलचित्र क्षेत्रमा राजेश हमालनै महानायक हुन् भन्ने कुरामा दुईमत छैन, चलचित्र क्षेत्रमा उनले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान स्वरुप उनले पाएको पद महानायक आफैमा एक गौरब समेत हो। यो ठुलो बिषय पनि थिएन कि दिपा श्री निरौलाको अन्तरबार्तालाइ लिएर एक नारीको अस्मिता, चरित्र माथिनै प्रश्न चिन्ह खडा गर्ने र तथानाम भन्ने अधिकार पनि कसैमा छैन।
उनले महानायकको सक्रियता खोजेर, एउटा अभिभाबक खोजेर के गल्ति गरिन र रु हामि एक सभ्य नागरिक भएको हैसियतले एक नारीको सम्मान गर्दै त्यस्ता अपशब्दहरु प्रयोग गर्नु हुदैंन भन्ने आम नेपालीको चाहना हो र अहिलेको आबश्यकता पनि हो । मुलुक अहिले कोभिड-१९ र लकडाउनले गर्दा कम्जोर अर्थतन्त्र, राजनीतिक किचलो तथा सामाजिक अस्थिरतामा लडिरहेको बेला हामी सर्बसाधारण जनता कुन बाटोमा हिडिरहेको छौं, हामी कस्तो(कस्तो कुरामा समय बर्बाद गर्दै एक नारिको बिरुद्ध, एक कलाकारको चरित्र हत्या, मानहानीमा लागिरहेको छौ ।
उनले पटक पटक नेपाली जनता समक्ष आफ्नो अभिव्यक्ति राख्दै विषम परिस्थितिमा सम्पूर्ण चलचित्रकर्मीको अबिभाबक भूमिका निर्बाह गरिदिन आग्रह गरेको कुरा प्रष्ट छ । तसर्थ हामीले सकारात्मक पक्षलाइ समेट्दै उर्जाशील समयमा संयम हुदै, गालि गलौज, अपशब्दहरु नबोली समस्याको समाधान तर्फ उन्मुख हुनु जरुरि देखिन्छ । यस्ता शब्दहरुले देश समाज र परिवारलाइ समेत ठुलो असर पर्छ भने हामी कुन समाजमा हुर्किरहेका छौं भन्ने समेत प्रश्ट्याउछ ।
हिजो सम्म नेपाली राष्ट्र, राष्ट्रियता तथा सरकार प्रमुखको बिपक्षमा अनेक थरि लाल्छना लगाउने भारतीय मिडियाहरु नेपालमा प्रतिबन्ध लागाइयेको परिपेक्षमा नेपालमा भित्रनै यस्तो घटिया अपशब्द बोल्ने, कमेन्ट गर्नेहरुलाइ समेत कानुनको दायरामा ल्याउनु पर्ने आजको आवश्यकता भएको छ । सभ्य समाज निर्माण गर्न हामी सबै एकजुट हौं, कुनै कुरा गलत लागेमा सभ्य तरिका बाटनै त्यसको प्रतिरोध गरौं तर कोहि कसैको चरित्रहत्या गर्न, मानहानी गर्न र गालि गलौंज अपशब्दको प्रयोग नगरौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार