भद्रकालीको सेनाको मैदान एन्फाले प्रयोग गर्ने
नेपालबहस संवाददाता
असार २६, २०७७ शुक्रबार २२:१५:५४
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ले नेपाली सेनाको जङ्गी अड्डा परिसरस्थित खेलकूद मैदानलाई थप स्तरयुक्त बनाउन रु १४ लाख ५६ हजार मूल्य बराबरको सहयोग सामग्री प्रदान गरेको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापालाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त मैदानमा ती सहयोग सामग्री हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
हस्तान्तरण गरिएका सामग्रीमा विशिष्ट व्यक्ति रहने प्यारापिटमुनि रहेको कोठामा खेलाडीका लागि लकर, फिजियोथेरापी बेड, रेफ्रिजिरेटर, ऐना, सोफा, टेबललगायत छन् । एन्फाले त्यहाँ रहेका तीन कोठामा गलैँचा, झ्यालमा ट्रान्स लुसेन्ट स्टिकर तथा रङरोगसमेत गरी सेनालाई हस्तान्तरण गरेको छ ।
अन्तरराष्ट्रियस्तरको फुटबल प्रतियोगितामा अभ्यासका लागि उक्त खेल मैदान सुविधायुक्त बनाउने प्रयास भइरहेको छ । सो खेल मैदानको स्तरोन्नतिले राष्ट्रिय खेलकूदको विकासमा थप योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
त्रिकोणात्मक टी-२० सिरिज: आज नेपाल र क्यानडा खेल्दै
असोज १२, २०८१ शनिबार
साफ यू–१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपल भारतसँग खेल्दै
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार