आशिष सचिनकाे गलबन्दी पच्छ्यौरी सार्वजनिक
नेपालबहस संवाददाता
असार २६, २०७७ शुक्रबार २३:७:३२
काठमाडौं । नेपाली म्युजिक भिडियो इतिहासमै युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो पिरिम नलाउनेको सफलता पश्चात गायक आशिष सचिनको अर्को प्रस्तुती गलबन्दी पच्छ्यौरी सार्वजनिक भएको छ । पिरिम नलाउने समूहकै सहभागितामा गलबन्दि पच्छ्यौरी तयार भएको हो ।
कोभिड १९ को प्रभावको बीच सामाजिक दूरी र सतर्कता अपनाउँदै आज काठमाडौंमा सम्पन्न एक कार्यक्रममा गलबन्दी पच्छ्यौरी सार्वजनिक गरिएको हो । गायक आशिष सचिनको स्वर तथा अभिनय रहेको गलबन्दी पच्छ्यौरीलाई उक्त गीतको टिम र केही पत्रकारहरुको सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
कार्यक्रममा पिरिम नलगाउनेलाई झण्डै सात करोड पटक हेरिएको भन्दै टिमले केक काटेर सेलेब्रेसन समेत गरेको थियो । लकडाउन हुनु पुर्व नै छायांकन गरिएको गीतको भिडियो पछिल्लो समयमा काठमाडौंमा लकडाउन केही खुकुलो हुदाँ सिमित पत्रकारहरुको विच कार्यक्रम सम्पन्न भएको हो ।
चार दिन लगाएर खिचिएको गीतमा नेपाली परम्परागत रोटेपिङ, लिङ्गे पिङ, हाटबजारको दृश्यलाई कलात्मक शैलिमा प्रस्तुत गरिएको छ । गीतलाई अघिल्लो गीत पिरिम नलाउनेलाई जस्तै दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको अभिनेत्री वर्षा राउतले बताईन्।
ओएसआर डिजिटलको निर्माण रहेको गीतमा गायक आशिष सचिनलाई गायिक मेलिना राईले स्वरमा साथ दिएकी छिन्। पिरिम नलाउनेकै संगीतकार दीपक शर्माको शब्द तथा संगितमा रहेको गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन्। गीत तथा भिडियोमा प्रायः पिरिम नलाउने कै टिमको सहभागीता रहेको छ । गम्भिर विष्टको कन्सेप्ट तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा गायक आशिष सचिनका साथै वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आर्शिना भट्टराई लगायतको अभिनय रहेको छ ।
ओएसआर को आधिकारी युट्युव च्यानलमा सार्वजनिक भएको यस गीतको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका हुन भने यसमा नविन निरौलाको सम्पादन रहेको छ । यस अघि पिरिम नलगाउने गीत युट्युवमा दर्शकले अत्याधिक रुचाएका कारण सोही कलाकार र टिम मिलेर पिरिम नलाउनेको प्रिक्वेलस्वरुप गलबन्दि पच्छ्यौरी तयार पारिएको गायक तथा भिडियोका निर्माता आशिष सचिनले जनाए।
आरम्भ पिरिम नलगाउने भनिएको म्युजिक भिडियोमा एक बर्षअघि सार्वजनिक सफल म्युजिक भिडियो पिरिम नलाउनेको भन्दा अगाडिको कथा देखाइएको छ। सर्टफिल्म शैलीमा बनाइएको सो प्रिक्वेल म्युजिक भिडियोमा दश बर्षअघिको गाउँघरको परिवेशमा मौलाएको युगल प्रेमलाई कथाका रुपमा चित्रित गरिएको छ। पिरिम नलाउनेलाई अहिले सम्म ६ करोड ४३ लाख पटक हेरिएको छ । गायक आशिष सचिनकै एककान दुईकान मैदानलाई पनि २ करोड ७५ लाख पटक हेरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार