लगातारकाे वर्षाले ५०० मेगावाट विद्युत् उत्पादन बन्द
नेपालबहस संवाददाता
असार २६, २०७७ शुक्रबार २३:४८:२२
काठमाडौं । मनसुनका कारण देशव्यापी रुपमा भारी वर्षा भएकाले झण्डै ५०० मेगावाट बराबरको विद्युत् उत्पादन बन्द भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाका केही आयोजनाबाट उत्पादन बन्द भएको हो ।
वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन बन्द भएकाले व्यवस्थापनका लागि समेत समस्या पैदा भएको छ । बाढीका कारण प्राधिकरणको २४० मेगावाट र निजी क्षेत्रका आयोजनको २५० मेगावाट उत्पादन बन्द भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको बताए । बाढीका कारण प्राधिकरणका विद्युत् गृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको उनले बताए । “विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबढी भएको छ, करिब ५०० मेगावाट उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौँ”, कार्यकारी निर्देशक घिसिङले भने ।
आफ्ना विद्युत् गृहबाट विद्युत् उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट थप विद्युत् आयात गरी आपूर्तिको बन्दोबस्ती भइरहेको उनको भनाइ छ । कार्यकारी निर्देशक घिसिङले बन्द रहेका विद्युत् गृह, प्रसारण तथा वितरण लाइन सञ्चालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेको जानकारी दिए ।
बाढीका कारण नेपालकै हालसम्मकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ विद्युत गृह आज बिहान ८ बजेदेखि बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको बहाव झन् बढेर आएकाले विद्युत् गृह कतिबेला सञ्चालन गर्न सकिन्छ अहिले नै केही भन्न नसकिने केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिए । प्राधिकरणका ७० मेगावाटको मध्यमस्र्याङदी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत् गृह पनि बन्द रहेको छ । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोशीलगायतका विद्युत् गृहको करिब २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।
यस्तै वर्षाका कारण इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत् आयोजनाहरुको करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुँडिने, रुखहरु ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको प्राधिकरणले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
मंसिर १, २०८१ शनिबार