विभागद्धारा राजश्व छली गर्ने व्यवसायीविरुद्ध मुद्दा
नेपालबहस संवाददाता
असार २६, २०७७ शनिबार ०:११:२३
काठकाडौं । कपडालगायतको मालवस्तुको आयात तथा थोक बिक्री कारोबार गर्दा ढुवानी साधनको अनुगमन प्रणालीमा (भीसीटीएस) विवरण नराखेको अभियोगमा राजश्व अनुसन्धान विभागले कारवाही गरेको छ ।
विभागका अनुसार भीसीटीएसमा प्रविष्ट नगरी कानूनको परिपालना नगरेको अभियोगमा विभिन्न १४ फर्मलाई कारवाही गरिएको हो । विभागले त्यस्तो गलत काम गर्नेलाई रु ३० लाख ७५ हजार बराबरको जरिवाना गरेको छ । सरकारले लागू गरेको भीसीटीएस प्रणालीमा सामान आयातको प्रविष्ट गर्नुपर्ने कानुनी प्रावधान छ । राजश्व छली गर्ने ध्येयका साथ व्यापारिक फर्मले कानूनको परिपालना नगरेको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, विभागले राजश्व चुहावट गरेको अभियोगमा विभिन्न फर्ममाथि रु ६ करोड ६९ लाख बिगो कायम गरी उच्च अदालत तुल्सीपुरमा मुद्दा दायर गरेको छ । श्याम ग्लास इण्डस्ट्रिजले राजश्व चुहावट गरेको पाइएकाले बिगो असुल गरी जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो । सो इण्डस्ट्रिजविरुद्ध यही असार २२ गते मुद्दा दायर गरिएको हो ।
विभागका अनुसार सो कम्पनीले नेपाल सरकारलाई बुझाउनुपर्ने राजश्व नतिर्ने एवं कम तिर्ने उद्देश्य राखी उत्पादित सिसा तथा सिसाजन्य मालवस्तुमा अन्तशुल्क असुल नगरेको पाइएको छ । सो कार्य राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन, २०५२ को दफा ३ विपरीतको कार्य हो । यस्तै, राजश्व चुहावट गर्ने महाशक्ति गुट्खा उद्योगलाई रु ६३ लाख आठ हजार ७०६ बराबरको बिगो कायम गरी उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा मुद्दा दायर गरिएको छ ।
सो उद्योगका सञ्चालकले सरकारलाई तिर्नु बुझाउनुपर्ने राजश्व नतिर्ने एवं कम तिर्ने ध्येय राखेर अन्तशुल्कजन्य पदार्थ उत्पादन गरी बिक्री वितरण गरेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
नेपाल प्रिमियर लिगः ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार