प्रेस काउन्सिल नेपालद्वारा भारतीय काउन्सिलाई पत्र, भ्रामक सामग्री प्रशाण गर्नेलाई कारवाहीको माग
नेपालबहस संवाददाता
असार २६, २०७७ शनिबार ०:२८:४६
काठमाडौं । प्रेस काउन्सिल नेपालले भारतीय प्रेस काउन्सिलसँग भारतका केहीसञ्चारमाध्यममा नेपाल र नेपालको सरकार प्रमुखका सम्बन्धमा भ्रामक, अतिरञ्जित, अपुष्ट र चरित्रहत्याकेन्द्रित सामग्री प्रसारण भइरहेकाले कारबाहीका लागि आग्रह गरेको छ ।
नेपाल काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भारतीय काउन्सिलका अध्यक्ष न्यायाधीश चन्द्रमौलीकुमार प्रसादलाई आज पत्र पठाई पत्रकार आचारसंहिताको उलङ्घन हुने प्रकारका त्यस्ता प्रसारणबारे आवश्यक कारबाहीका लागि आग्रह गरेको हो। पत्रमा दुवै देशका आमसञ्चारमाध्यम आपसी विवादका कुनै पक्ष देखापरेमा समाधानको उपाय खोजीको माध्यम बन्नुपर्नेमा पछिल्ला दिनमा केही भारतीय टेलिभिजनले नेपालको सार्वभौमसत्ता र स्वाधीनताविरुद्ध असम्बन्धित अभियान सञ्चालन गरिहेको जनाइएको छ ।
पत्रमा नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो नक्शामा समेट्ने ऐतिहासिक निर्णय गरेकामा पत्रकारिताका नाममा पूर्वाग्रही, बनावटी र हानिकारक कथायुक्त लाञ्छित सूचनाका विषयमा गम्भीर सरोकार राख्न भनिएको छ ।
भारतीय च्यानल ‘जी न्यूज’ र केही च्यानलले त्यस्ता कथासहितको भिडियो सामग्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चीनका राजदूत हाउ यान्छीसँग अवाञ्छितरुपमा जोडेर सामाजिक सञ्जालमा उडाउने विषय बनाएको उल्लेख गर्दै नेपाल प्रेस काउन्सिलले यस प्रकारको सामग्रीले नेपालको स्वाधीनता र स्वाभिमानका आघात पुग्ने जनाएको छ ।
यस्ता सामग्रीले आपसी सम्बन्धलाई सरकार र जनस्तरमा तनावयुक्त बनाउने जनाउँदै यसबारे भारतीय काउन्सिल गम्भीर रुपमा जानकार रही आचारसंहिताको कारबाहीबारे काम गर्ला भन्ने विश्वास पत्रमा व्यक्त गरिएको छ । यसै विषयका कारण नेपालमा ‘दूरदर्शन’बाहेक सबै भारतीय च्यानलको प्रसारण रोक्का गरिएको अवगत गराउँदै कोरोना भाइरसबाट भारतीइ पत्रकारिता क्षेत्र प्रभावित भइरहेकामा गहिरो सहानुभूति पनि व्यक्त गरिएको छ ।
काउन्सिलले नेपालको परराष्ट्र मन्त्रालयलाई पनि ‘प्रेस काउन्सिल अफ इण्डिया’लाई पत्राचार गरिएको बारे जानकारी दिँदै आवश्यक सहजीकरणका लागि आग्रह गरेको छ ।कार्यबाहक अध्यक्ष श्रेष्ठले भारतीय काउन्सिलसँग सो विषयमा कुराकानीका माध्यमबाट पनि ध्यानाकर्षण गराइएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार