राष्ट्रपतिद्धारा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन जोड
नेपालबहस संवाददाता
असार २६, २०७७ शनिबार ०:३९:१६
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयका पदाधिकारीसँग मनसुनजन्य विपद्को सामनाका लागि पूर्वतयारी तथा बाढी, पहिरो र डुबानबाट भएका क्षति एवं प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी कामबारे चासो व्यक्त गरेको छन् ।
मन्त्रालयका सचिव महेश्वर न्यौपाने, मन्त्रालयअन्तर्गतको विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलसहितको टोलीसँग राष्ट्रपति कार्यालयमा भएको भेटमा राष्ट्रपतिले प्रकोप जोखिम न्यूनीकरणका लागि सरोकार निकायसँगको समन्वयमा आवश्यक प्रविधि र उपकरणको समुचित प्रबन्ध गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
उनले दिगो विकासलाई ख्याल नगरी प्राकृतिक स्रोतको अनियन्त्रित दोहनले पनि प्राकृतिक विपद्को जोखिमलाई बढाएको उल्लेख गर्दै सम्बन्धित विशिष्टीकृत निकायको अध्ययन र सुझावका आधारमा सडक, आवास तथा बस्ती निर्माण गर्नुपर्नेमा सम्बन्धित निकायको ध्यान आकृष्ट गराए । भूकम्प, महामारी जस्ता आकस्मिक तथा बाढी, पहिरो, डुबान र आगलागी जस्ता मौसमी प्रकृतिका विपत्तिको जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, मन्त्रालय र प्राधिकरणले गरेको पूर्वतयारी र उद्धार तथा राहतका लागि गरेका प्रयत्नको प्रशंसा गर्दै राष्ट्रपतिले हालैका दिनमा बाढी तथा पहिराबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा राष्ट्रपति भण्डारीले कोभिड –१९ को महामारी नियन्त्रणका लागि नेपाल सरकारले गरेको प्रयासको सराहना गर्दै महामारी रोकथाम र नियन्त्रणमा अझ बढी सफलताका लागि सम्बद्ध सबै पक्ष थप समन्वयात्मक रूपमा अग्रसर हुनुपर्ने पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार