सीपीएललाई अनुमति, सन्दीपले खेल्ने
नेपालबहस संवाददाता
असार २७, २०७७ शनिबार १९:१२:४५
काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेवियन प्रिमियर लिग ‘सीपीएल’लाई ट्रिनिडाड एण्ड टोबागोले अनुमति दिएको छ । यसअघि ट्रिनिडाड एण्ड टोबागोको सरकारले अनुमिति नदिँदा सीपीएल हुने नहुनेबारे अन्योल थियो । अब उक्त प्रतियोगिताका लागि अनुमति पाएपछि सीपीएल हुने पक्का भएको हो ।
अगामी अगस्त १८ देखि सेप्टेम्बर १० तारिखसम्म सञ्चालन हुने सीपीएल दर्शक बिना रंगशालामा खेलाइनेछ । सीपीएलको पहिलो र दोस्रो संस्करण विभिन्न खेल मैदानमा खेलाइँदै आएकामा यसपाली तेस्रो संस्करण भने ट्रिनिडाड एण्ड टोबागोको दुई मैदानमा खेलाउन त्यहाँको सरकारले अनुमति दिएको छ । सीपीएलमा भाग लिने खेलाडीको प्रतियोगिता अघि कोरोना संक्रमित भए नभएको परिक्षण गरिने आयोजकले जनाएको छ ।
खेलाडी र प्रशिक्षकमा कोरोना संक्रमण देखिएमा पूरै टोलीलाई १४ दिनको सेल्फ आइसोलेसनमा राखिने बताइएको छ । आयोजक सीपीएल र त्यहाँको सरकारबीच गए राति प्रतियोगिता सञ्चालनको मापदण्डबारे सहमति भएको छ ।
उक्त प्रतियोगिताका लागि १९ वर्षीय सन्दीप एक लाख ३० हजार अमेरिकी डलमार अनुबन्धित भएका छन् । उनलाई जमैका तलावाजले अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई दोस्रो चरणमा छनोट गरेको थियो । उक्त प्रतियोगिताका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीपले सीपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए ।
सन्दीप सीपीएलका लागि तेस्रो पटक अनुबन्धित भएका हुन् । यसअघि उनी सीपीएलको पहिलो संस्करण सन् २०१८ मा सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सका लागि पाँच हजार तथा दोस्रो संस्करण सन् २०१९ मा बार्बाडोस ट्राइडेन्सका लागि ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार