झोलुङ्गे पुल जीर्ण : सरोकारवाला निकाय माैन
नेपालबहस संवाददाता
असार २७, २०७७ शनिबार १९:२३:२५
मार्तडी । जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएका झोलुङ्गे पुल जीर्ण भएपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पुल निर्माण भएको वर्षौसम्म पनि नयाँ पुल निर्माणका लागि कसैले पनि विकल्प ननिकाल्दा जिल्लाका दर्जन बढी झोलुङ्गे पुलबाट जोखिमपूर्ण यात्रा गर्न स्थानीयवासी बाध्य भएका छन् ।
लगातारको अविरल वर्षाले त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रीसेरामा रहेको झोलुङ्गे पुल बाढीको जोखिममा रहेको छ । पुलमाथि पानी गएपछि आवतजावत बन्द भएको स्थानीयवासी राजेश खत्रीले बताए । लगातार वर्षा भएपछि पुलमाथि नै पानी आउने गरेको बेला आवतजावत पनि बन्द हुने गरेको छ । स्थानीयवासीलाई बजार जान, दूध, दहीबजार पु¥याउन निकै सास्ती भएको खत्रीको भनाइ छ ।
जिल्लाका अन्य ठाउँका झोलुङ्गे पुल पनि जोखिममा रहेका छन् । बूढीगङ्गा नदीले बाजुराको द्वारी, तिपाडा, रापकअछामको साँफे, बूढाबगरलगायत ठाउका पुलहरु जोखिममा छन् । त्यस्तै कर्णाली नदीको पिलुचौर– जुकोट पुल पनि जोखिममा रहेको स्थानीयवासी बताउँछन् । “ त्यहाँ पनि पुलमा नै पानी पुग्न लागेको छ, झोलुङ्गे पुल सधैँ वर्षातको समयमा जोखिम बन्ने गरेको छ,” स्वामीकार्तिक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुवेर शाहीले भने।
बूढीगङ्गा नदीको द्वारीमा रहेको झोलुङ्गे पुल अहिले खोलाको बगरमा लछारिएको छ । पानी आउने ठाउँमा मात्र थोरै माथि छ । त्यही पनि आधा पुल भाँचिएको स्थानीय धन जैशीले बताए । “पानीको बहाबले पुल जतिखेर पनि बगेर जाने भएकाले हामीले पानी परेको बेला स्थानीयवासीलाई आवतजावत गर्न रोक लगाएका छौँ”, उनले भने। पूर्वी–उत्तरी भेगको कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा रहेका छन् । कर्णाली नदीमै रहेका वाई र बाँधु जोड्ने पुल, गोत्री र साप्पाटा जोड्ने पुल, रुगिन र मुगु–बाजुरा–हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए।
लगातारको वर्षाले बाढी आएर पुलै छोप्ने गरी कर्णाली नदीमा पानीको बहाव बढेपछि बाजुराका कर्णालीपारिका वाई, साप्पाटा, जुकोटमा आवतजावत प्रभावित भएको स्वामिकार्तिक गाउँपालिका स्थानीय अगुवा भरत रोकायाले बताए । उनले यसमा सरोकारवाला निकायले ध्यान दिन जरुरी रहेको बताए। वर्षामा अचानक पानीको बहाव बढेपछि जतिबेला पनि कर्णाली नदीले पुलसँगै स्थानीय यात्रुलाई पनि बगाउने सम्भावना रहेको उनको भनाइ थियो ।
त्यस्तै बूढीनन्दा नगरपालिका–२ र ८ वडालाई जोड्ने दैयामा रहेको पुल पनि अत्यधिक जोखिममा छ । “वर्षायाम लागेपछि त हामी त्यसमा आवतजावत पनि गदैनौँ, साहै्र डर लाग्छ”, बुढीनदा–६ दैयाकी मेनका खत्रीले बताए । उनले भने, “अहिले त नयाँ पुल बनिसकेको छ । तर हामीले धेरै वर्ष त्यही जीर्ण अवस्थामा रहेको पुलमा नै जोखिमपूर्ण यात्रा गर्दै आएका छौँ ।” कोल्टी–कोटिला जोड्ने बड्डीगाड खोलामा रहेको पुल पनि जोखिममा परेको छ । पुल जोखिममा भएपछि यहाँका स्थानीय किसान, व्यापारी, विद्यार्थीलगायतलाई आवतजावत गर्न समस्या हुने गरेको छ ।
कोल्टी बजारमा मुख्य गरी दही, दूध, दाउरा कोटीलाबाट नै आउने गर्छ । वर्षाको समयमा खोलाको डरले किसान नआउने भएकाले बजार सुक्खा भएको होटल व्यवसायी दुर्गा जोशीले बताए । वर्षायाममा नदीमा पानी बढ्न थालेपछि बाजुराका अन्य दर्जनौँ पुलसमेत बाढीको जोखिममा छन् ।
अछाम–बाजुरा जोड्ने इकडी गाड पुल, सेरामा रहेको बूढीगङ्गा, बाजुर्गाड, गुइगाड, कोर्दालिगाड, घटमुना, सदरमुकाम नजिकै रहेको बाहुलीखोला पुल, दहकोट, मौरेलगायतका नदीमा रहेका झोलुङ्गे पुल जोखिममा छन् । पुल जोखिममा भएपछि ज्यान जोखिममा राखेर पुलमा आवतजावत गर्नुपरेको स्थानीयवासीको गुनासो छ ।रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार