गाउँमै प्राविधिक शिक्षालय स्थापना, विद्यार्थीहरुमा खुशीयाली
नेपालबहस संवाददाता
असार २७, २०७७ शनिबार १९:५३:३५
नवलपरासी । बर्दघाट–सुस्तापश्चिमको पाल्हीनन्दन गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापना हुने भएको छ । गाउँमै प्राविधिक शिक्षालय स्थापना हुने भएपछि यहाँका विद्यार्थीहरुमा खुशीयाली छाएको छ ।
शिक्षालय सञ्चालनका लागि गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण शुरु गरेको छ । लोहरौलीस्थित जनता माविको परिसरमा शिक्षालय सञ्चालनका लागि आवश्यक भवन निर्माणको काम शुरु गरिएको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता ९दीपक०ले जानकारी दिए । “सङ्घीय सरकारबाट चालु आवमा सशर्त अनुदानमा प्राप्त रु तीन करोडको लागतमा यस वर्षदेखि प्राविधिक शिक्षालयको भवन निर्माण थालिएको हो, यो बहुवर्षीय योजनाअन्तर्गत बन्ने भएकाले यसको पूर्ण पूर्वाधार निर्माण गर्न रु १७ करोड ९२ लाख विनियोजन भएको छ”, उनले भने ।
पछिल्लो समय प्राविधिक शिक्षाको माग बढ्दै गए पनि स्थानीयस्तरमा यो शिक्षाको पहुँच नहुँदा यहाँका विद्यार्थीहरु बुटवल र काठमाडौँलगायतका शहरमा गएर अध्ययन गर्नुपर्ने बाध्यता थियो । अबको दुई वर्षभित्रै पूर्वाधार निर्माण सम्पन्न गरेर शिक्षालय सञ्चालन गरिने उनले बताए ।
इञ्जीनियरिङ र ओभरसियरलगायत स्थानीय परिवेश र स्रोत साधनको उपयोग हुने विषयहरुमा स्नातक तहसम्मको प्राविधिक शिक्षा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । गाउँमै प्राविधिक शिक्षालय सञ्चालन भएर अध्ययन गर्न पाएपछि स्वरोजगार र व्यावसायिक बन्न सजिलो हुने भन्दै स्थानीय सन्दीप धवलले खुशी व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित
पुष १३, २०८१ शनिबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
एसइईको परीक्षा आवेदन फाराम खुला
पुष १२, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार