ओलीको सर्मथनमा झुण्ड सानो भो, कांग्रेस पनि उत्रने कि ?
नेपालबहस संवाददाता
असार २७, २०७७ शनिबार १९:५६:५९
न त कुनै बिलक्षण राजनीतिक विचारका प्रबर्तक, न त कुनै राजनीतिक सिद्धान्तका सिद्धहस्त प्रतिपादक, न त कुनै राजनीतिक विचारका कुशल बिश्लेषक, न त कुनै बिद्वत वर्गको पगरी गुथेका बिद्धान, फगत पाँडे गाली (पाण्डे होईन) र हावादारी गफ गरेकै भरमा र उखान टुक्का सुनाएर जग हसाएकै भरमा देश लुटेर ब्रम्हलुट मच्चाउँदै एकाएक नेपाली राजनीतिक आकाशमा राष्ट्रवादी कहलिएका हाम्रा देशका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका पक्षमा अहिले देशैभर देखिएको समर्थनको उभारले उनमा कति देशप्रेम र राष्ट्रियताको माया रहेछ, उनले दुईचार अगुवा पछुवा कार्यकर्तालाई कतिसम्म गरेका रहेछन् भनेर सजिलै अनुमान लगाउन सकिन्छ ।
यतिबेला कही सय पचास र कही त्यो भन्दा पनि अझै बढी जनसागरको उभारले सिंगो मुलुक तरंगित भएको छ । अहिले ओलीको समर्थनमा उनकै दलका कार्यकर्ताहरु समेत सडकमा ओर्लिएका छन् । कोरोनाको महामारीलाई समेत किञ्चित प्रवाह नगरी ज्यानको बाजी थापेर यसरी देशका प्रधानमन्त्रीको पक्षमा उर्लिएको जनसागरलाई वास्तवमै हार्दिकताका साथ धन्यवाद नदिई रहन सकिदैन । सडकमा उर्लिएको प्रधानमन्त्रीको समर्थनको जनसागर र जनसागरले लगाएको ओलीको समर्थनको व्यक्तिवादी र झनै राष्ट्रवादी नाराले सिंगो राष्ट्र अहिले राजनीतिक तरंगमा तरंगित भएको छ । नेकपा नामको दलबाट जनादेश प्राप्त केपी ओली र उनले नेतृत्व गरेको झण्डै दुईतिहाईको सरकारको पक्षमा सडकमा जिन्दावादको नारा लागिरहँदा न त उनको दलको झण्डा देखिन्छ नत राष्ट्रवादको उग्रनारा । देखिन्छ त मात्र ओलीलाई हैन भोलीलाई, ५ बर्ष ओलीलाई काम गर्न देऊ, लगायतका व्यक्तिवादी नारा ।
यहाँ प्रश्न उठछ, ओलीलाई ५ बर्षसम्म कसले काम गर्न दिएन होला भनेर ? अथवा कसले काम गर्न दिईरहेको छैन भनेर ? अथवा किन काम गर्न सकिरहेका छैनन् भनेर ? अथवा किन गरेका कामको नतिजा देखाउन सकिरहेका छैनन् र ओलीलाई प्रधानमन्त्रीको पद छाडन आफ्नै दलबाट यति सारो दवाव आयो ? यसको खोजी स्वयं ओली कै दल भित्र छलफल र बहस भैरहेको होला । ओलीलाई हटाउने, ओलीलाई राख्ने, प्रचण्डलाई अधिकार दिने-नदिने यावत बिषयहरु नेकपाको आन्तरिक बिषयहरु भए । दलभित्र यस्ता बिषयमा कुरा उठ्छन् । छलफल हुन्छन् । अन्त्यमा एउटा निचोड र निष्कर्षमा पुगिन्छ पनि । तर एउटै छातामुनि बसेर संगठन चलाएकाहरुबाट एउटा व्यक्तिको मानमर्दन गर्दै अर्को व्यक्तिको अन्धोभक्त समर्थनले विधि र प्रक्रियासम्मत चलेको दलमा पक्कै पनि दरारहरु सिर्जना हुनसक्छन् । आफैले बनाएको मुखिया फेर्नुपर्ने अवस्थामा किन पुग्यो नेकपा, यसको पनि सोही दल भित्रै बहस हुँदै होला ।
उता भारतीय मिडियाले हाम्रा देशका राष्ट्रवादी सरकार प्रमूखको धज्जी उडाएको उडायै छ । यता देशभित्र ओलीका समर्थकहरुले यस बिषयमा कही कतै बिरोध गरेको र भारतीय नाङ्गो नाचका बिरुद्धमा कुनै प्रकारको सडकमा प्रतिकार गरेको झल्कोसम्म देख्न र सुन्नसम्म पनि पाईएको छैन । भारतीय मिडियाको ओली बिरुद्धको आक्रोशलाई यहाँ ओली समूहका पाखुरेहरु भने प्रचण्ड समूहको बिरोध गरेर साँधिरहेका छन् । आफ्नै दलभित्र उठेको सानो भन्दा सानो समस्या पनि समाधान गर्न नसक्ने वर्तमान प्रधानमन्त्रीले सिंगो देशको समस्या कसरी समाधान गर्लान ? शंका गर्ने प्रशस्तै ठाउँहरु देखिन थालेका छन् ।
वर्तमानको २१ औ शताब्दीको उत्तरार्धमा पनि यत्तिको छुद्र बोल्ने र आफ्नै साथीभाईहरुको बिषयमा भए नभएका पोल खोल्ने, आफ्नै पार्टीमा गुट चलाउने अनि आफ्नाे कुरामा सहमत नहुनेहरुलाई अरिङ्गाल खन्याउने, भ्रष्टाचारीलाई काखी च्याप्ने तर असल र ईमान्दार दलका कार्यकर्तालाई कागती निचोरे झै निचोरेर प्याक्ने, आफु सधै कुर्सीमा टाँसिनु पर्ने, यसका लागि पार्टीसम्म फोड्ने र बिपक्षी दलसँग समेत सातकोश परसम्मको साईनो गाँसेर कुम जोडने, यस्ता महान राष्ट्रवादी नेताका बिरुद्धमा नेकपाको सिंगो पार्टी पंङ्गती किन बिरुद्धमा उत्रियो ? यो कुरामा चाँहि नेकपा पार्टीभित्र नै व्यापक बहसको बिषय हुन सक्छ ।
तर वर्तमानको प्रतिपक्ष दल नेपाली कांग्रेसलाई भने यो कुरा पटक्कै मन परेको छैन । यस्ता महान राष्ट्रवादी नेताहरुको अगुवाईमा अगाडि बढीरहेको सरकारले निर्मला पन्तका हत्यारालाई खोकिलामा लुकाउने, आफै भ्रष्टाचारीहरुको महान मित्र भएर फेरी भ्रष्टाचारको मुहान सिनित्तै पारेर सुकाउने, सधैं ईमान्दार कार्यकर्ताको मन दुखाउने, माहाकाली नदी आधाआधा बनाउने देखि होलीवाईनमा तिनकोश परसम्म गन्हाउनेसम्मका महान अभियन्ताहरुलाई समस्या परेर आफ्नै दलको चक्रब्यूहमा फँसेको बेला नेपाली कांग्रेसको समेत दर्बिलो साथ, समर्थन र सहयोगको अहिले थप आवश्यकता महशुस हुन थालेको छ । प्रधानमन्त्रीका सहयोगीहरु राष्ट्रिय झण्डा बोकेर तातो घाममा सडकमा निस्किएका बेला र आफ्नै सहयात्रीहरुबाट समेत साथ र सहयोग नपाईरहेको अवस्थामा नेपाली कांग्रेसले समेत ओलीको पक्षमा सडकमा नारा लगाउन सहयोग गरिदिनु पर्ने अवस्था देखिएको छ । मर्दा–पर्दा साथ सहयोग गर्ने नेपालीको पुरानो प्रचलनलाई निरन्तरता दिंदै कांग्रेसले एक पटक ओली बालाई परेको अप्ठ्यारोबाट जोगाउन, ओली युगमा थालिएका महान राष्ट्रवादी योजनाहरु सफल बनाउन, लौन नेपाली कांग्रेसका साथीहरुले पनि एकपटक ओली बालाई साथ दिऔं ।
प्रचण्डको बुई चढेर राज्यसत्ता आरोहण गर्न सफल नेकपाका चतुर खेलाडी नेता ओलीले जब प्रचण्डकै काँधमा तुक्र्याई दिएपछि झल्याँस्स भएका प्रचण्डले काँध फेर्न थालेपछि देखिएको नेकपाको आन्तरिक समस्या अब सडकमा ओर्लिसकेको छ । ओलीले आफ्नाे पकड बलियो देखाउन सडकमा निकालेका समर्थकहरुको झुण्ड देख्दा स्वयं ओली समुहलाई नै कुरीकुरी लाग्ने अवस्था आएको देखिएपछि ओली सरकारको निरन्तरताको लागि एकपटक नेपाली कांग्रेसले पनि साथ दिन जरुरी देखिएको छ । नत्र यो देशमा कहिल्यै पाईप लाईनबाट घरघरमा ग्याँसको पाईप आएको देख्न पाईने छैन । नेपालको झण्डा फहराउँदै प्रशान्त महासागरमा नेपाली पानीजहाजमा चढ्न पाईने छैन । छुकछुके रेल चढेर कुस्मा हुँदै पोखरा जान कहिल्यै पनि पाईने छैन । मेलम्चीको पानीले काठमाडौंमा नुहाउन कहिल्यै पाईने छैन, रतुवा र मावाको पाता फर्काएर सुकुम्बासी बस्ती बसाउन कहिल्यै पाईने छैन । नेपालमा ओलीकै कार्यकालमा तेल उत्पादन गर्नु छ, गाँजा खेती गरेर सबै नेपालीको गोजी भर्नु छ ।
पहाडमा झोलुङ्गे पुल अझै बिस्थापित भैसकेका छैनन्, सबै नेपालीका गोजीमा पैसा हालिदिन पाईएकै छैन, बृद्धहरुको ५०००।– मासिक भत्ता खाने धोको अझै पुरा गर्नै बाँकी छ, सडकलाई मानव शुन्य बनाउन अझै कति काम गर्न बाँकी छ, पूर्व पश्चिम रेलमार्गको डीपीआर तयार गर्नै बाँकी छ, तिब्बतबाट काठमाडौं अनि काठमाडाैंबाट लुम्बिनी रल कुदाउनै बाँकी छ । यी र यस्ता अनगिन्ती कामहरुको चटारो परेको बेला नेकपाको एउटा समूहले मागेको प्रधानमन्त्रीको राजीनामाको कुनै तुक रहने देखिदैन । प्रधानमन्त्रीलाई परेको यस्तो असहज परिस्थितिको सामना गर्न ओलीको समर्थनमा उनका पक्षका कार्यकर्ताहरुको संख्या कम भईरहेको अवस्थामा ओलीलाई थप दरिलो र अझै भरिलो बनाउन एकपटक कांग्रेस पनि सडकमा उत्रने पो हो कि ???
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार