जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारको अपिल
नेपालबहस संवाददाता
असार २७, २०७७ शनिबार २३:४८:६
काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको खोप तथा औषधि पत्ता नलागेको सन्दर्भमा यसबाट आफू र अरूलाई जोगाउन जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारले सबैमा अपिल गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्न आयोजित नियमित प्रेस बिफ्रिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी कोरोनालाई भयावह हुने अवस्था आउन नदिन आह्वान गरे ।
उनले सबै प्रकारको जमघट तथा भेलामा कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, घरबाहिर जाँदा मास्क अनिवार्य प्रयोग गर्ने, सबै सर्वजनिक स्थल तथा कार्यलयले परिसरमा हात धुने तथा स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाउने र भवन प्रवेश गर्दा हात धोएको वा स्यानिटाइजर प्रयोग गरेको सुनिश्चित गर्न आग्रह गरे ।
प्रत्येक दिन कार्य प्रारम्भभन्दा पहिला अनिवार्य रुपमा ज्वरो नाप्ने र १००.४ डिग्री फरेनहाइटभन्दा बढी तापक्रम भएमा काममा नलगाउने, दैनिक हाजिरी राख्ने कार्यालयले ‘फेस रिडिङ’बाट हाजिर गर्ने व्यवस्था मिलाउन तथा खोकी तथा श्वासप्रश्वास भएका व्यक्तिलाई काममा नलगाउन पनि अनुरोध गरे ।
हात धुने बेसिन, शौचालय तथा स्नानघरबाट कोरोना सङ्क्रमणको जोखम हुने भन्दै उनले दाँत माझ्नेलगायत दैनिक प्रयोगका सामग्री बेसिनमा नराख्न पनि अनुरोध गरे । प्रवक्ता प्राडा गौतमले धेरै प्रयोग हुने ढोका, मेशिनका ह्यान्डिल, टेबल तथा अन्य सामग्रीहरु ‘डिसइन्फेक्टेड’ गरी नियमित सफा गर्न सुझाव दिए ।
कोभिड–१९ लाई महामारीका रुप लिन नदिन आवश्यक तयारी गर्ने समय आएको उल्लेख गर्दै उनले सबैको सामान्य सावधानी र तयारीले कोरोना महामारी रोकथाम गर्न सहयोग पुग्ने बताए । “अहिले लिएको सामान्य सावधानीले मानव जीवनलाई जोगाउन ठूलो सहयोग पुग्दछ”, उनले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध संसदीय समितिले माग्यो उजुरी
असोज १४, २०८१ सोमबार
रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजारभन्दा बढी विस्थापित
असोज १४, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ
असोज १४, २०८१ सोमबार
एनआरएनएले बाढी पीडितलाई एक करोड सहयोग गर्ने
असोज १४, २०८१ सोमबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज १४, २०८१ सोमबार
पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना
असोज १४, २०८१ सोमबार