भँडारेघाट लिफ्टिङ खानेपानी योजनाको काम अन्तिम चरणम
नेपालबहस संवाददाता
असार २८, २०७७ आइतबार १५:५९:६
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भँडारेघाटमा सञ्चालित लिफ्टिङ प्रविधिको खानेपानी योजनाको काम अन्तिम चरणमा पुगेको छ । पिउने पानी तथा सिँचाइ गर्न आवश्यक पानीको अभाव रहेको भँडारेघाटमा नदीको पानी गाउँमा तान्न गाउँपालिकाले लिफ्टिङ योजना अघि सारेको हो ।
सुनकोशीको पानी भँडारेघाटको सिरानमा निर्माण गरिएको ४० हजार क्षमताको रिजर्भ ट्याङ्कीमा जम्मा गरेर घरघरमा वितरण गर्ने गरी लिफ्टिङ खानेपानी योजनाको शुरु गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । “गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा विनियोजन गरेको रु ३० लाख बजेटबाट शुरु गरिएको खानेपानी योजनामा सुनकोशीको पानी बस्तीको सिरानमा बनाइएको रिजर्भ ट्याङ्कीसम्म निकालिएको छ”, उनले भने, “अब विद्युत् जडान र वितरण लाइनको काम सम्पन्न गरेर घर–घरमा पानी पु¥याउने काम बाँकी छ ।”
सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने भण्डारेघाटमा बढ्दो बजारीकरणलाई ध्यानमा राखेर लिफ्टिङ योजनामार्फत पानीको व्यवस्थापनको काम शुरु गरिएको गाउँपालिका प्रमुख राईले बताए । “आर्थिक वर्ष २०७७÷७८ मा वितरण लाइन, विद्युतीकरणलगायतका काम पूरा गरेर घरघरमा पानी वितरण गरिनेछ”, उनले भने, “अधिकांश माझी समुदायको बसोबास रहेको भँडारेघाटमा शुरु गरिएको लिफ्टिङ योजनाले स्थानीय ६० घरभन्दा बढी स्थानीयवासी लाभान्वित हुनेछन् ।”
सुनकोशीबाट आठ इन्चको पाइपमार्फत रिजर्भ ट्याङ्कीमा पानी निकालेर वितरण गर्ने तयारी गरिएको छ । उपभोक्ता समितिमार्फत गाउँमा निकालिएको पानीलाई पिउनका साथै सिँचाइको काममा उपयोग गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ । केही मिनेटको दूरीमा रहेको सुनकोशीमा कलकल पानी बगिरहँदा केही माथि रहेको भँडारेघाटमा पानीको अभाव चर्किँदो छ । अहिले भँडारेघाटका स्थानीय बासिन्दा बतासेकै हमारा भन्ने स्थानको पानी ल्याएर जीवन निर्वाह गरिरहेका छन् । पानी अभावमा कतिपय स्थानीयवासी नदीकै पानी पिउन बाध्य छन् । बतासेकै कालापानीमा सुनकोशीको पानी निकाल्ने योजना सम्पन्न भएको अवस्थामा भँडारेघाटमा पनि पम्पिङ योजनाको काम शुरु गरिएको हो ।
यसैबीच सिँचाइको व्यवस्थाका लागि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको टारगाउँमा सुनकोशीको पानी निकाल्न लिफ्टिङ योजना शुरु गरिएको छ । सिँचाइ गर्ने पानीको अभाव पूर्तिका लागि नगरपालिकाले रु ६३ लाख बजेट विनियोजन गरेर सुनकोशी टारगाउँ डिकुवा लिफ्ट सिँचाइ योजना शुरु गरेको हो । टारगाउँस्थित ३५ घरका २५० रोपनी जग्गामा सिँचाइ सुविधा विस्तार गर्न लिफ्टिङ योजना शुरु गरिएको नगरप्रमुख इवन राईले बताए । “खेतीयोग्य जमीन रहेको टारगाउँमा कुनै पनि स्रोत नभएकाले सुनकोशीको पानी लिफ्ट गरेर किसानको जमीन सिञ्चित गर्ने विकल्प अघि सारेका हौँ”, उनले भने, “टारगाउँमा सञ्चालित योजनालाई हामीले गौरव र नयाँ प्रयोगका रूपमा समेत लिएका छौँ ।”
चारैतिर दूधकोशी र सुनकोशीले छोएको नगरपालिकाको तटीय क्षेत्र महादेवबेँसी, खोक्सेलीबेँसी, घोपाटार, बाइटार, डिकुवा, भाडबेँसीलगायतका स्थानमा समेत पानी लिफ्ट गरेर सिँचाइ विस्तार गर्ने सम्भाव्यताको अध्ययन भइरहेको नगरप्रमुख राईले बताएका छन् । घोपाटारमा लिफ्ङि योजनाको सफल प्रयोग भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार