अमेरिकामा ज्यान गुमाएका थापाको परिवारलाई दश लाख सहयोग
नेपालबहस संवाददाता
असार २८, २०७७ आइतबार १६:२३:५५
बागलुङ । कुस्मिशेरामा जन्मेर रोजगारीको सिलसिलामा अमेरिकामा मृत्यु भएका एक व्यक्तिको परिवारलाई शनिबार एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको छ ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुस्मिशेरा निवासी तुलसा थापाको रोजगारीको सिलसिलामा अेमिरिकामा अचानक हृदयघातले ३८ वर्षको उमेरमै निधन भएपछि मगर सङ्घ अमेरिकाको संयोजनमा सङ्कलन भएको रु १० लाख ५८ हजार ७६४ थापाकी आमा हरिकला थापालाई हस्तान्तरण गरिएको हो ।
अमेरिकामा समेत सामाजिक काममा क्रियाशील थापाको निधनले परिवारमा अपूरणीय क्षति पुगेको भन्दै अमेरिकामा रहेको नेपाल मगर सङ्घका अध्यक्ष कुलदीप रानाको संयोजनमा सङ्कलन गरिएको रकम नेपालमा समन्वयकर्ताको भूमिका खेलेको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखा र नेपाल मगर सङ्घ बागलुङको रोहवरमा उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।
तुलसा थापाको २५ डिसेम्बर २०१९ मा अमेरिकाको टेक्सासमा निधन भएको थापाका आफन्त तारा थापाले जानकारी दिए । मृतक थापा अमेरिकाको टेक्सासमा रहेको मगर सङ्घको सदस्यसमेत थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार