माइती नेपाललाई ‘श्रीपति समाजसेवा’ पुरस्कार
नेपालबहस संवाददाता
असार २८, २०७७ आइतबार १९:३:१७
काठमाडौं । माइती नेपाल काठमाडौँलाई ‘श्रीपति समाजसेवा पुरस्कार २०७७’ बाट पुरस्कृत गरिने भएको छ । पोखराको श्रीपति कोइराला गुठीले शनिबार एक कार्यक्रममा पुरस्कार घोषणा गर्दै मानव बेचबिखन, यौन दुराचार र घरेलु हिंसामा परेका महिलाको उद्धार, सहयोग र आश्रयको क्षेत्रमा क्रियाशील सो संस्थालाई पहिलोेपटक रु दुई लाख २२ हजार २२२ धनराशि रहेको सो पुरस्कारबाट पुरस्कृृत गरिने गुठीका अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाले बताए ।
विसं २०७७ देखि अविछिन्नरूपमा बर्सेनि श्रीपति कोइराला जयन्तीका अवसरमा असार २७ गते पुरस्कार प्रदान गर्ने योजना रहे पनि यस वर्ष कोभिड–१९ महामारीका कारण पुरस्कार वितरण गर्न नसकिएको र गुठीको आगामी वार्षिक साधारणसभामा सो पुरस्कार अर्पण गरिने जनाइएको छ ।
नेपालभर मानवीय एवं स्वयंसेवी भावनाबाट अभिप्रेरित भई समाजमा मानवीय विपद्मा उद्धार र राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण र सामुदायिक विकासका क्षेत्रमा विशेष सेवा गर्ने व्यक्ति वा संस्थामध्येबाट पुरस्कार छनोट समितिको सिफारिसमा पुरस्कार प्रदान गरिने अध्यक्ष कोइरालाले जानकारी दिए ।
विसं १८६४ असार २७ गते पोखरा–४ गैह्रपाटनमा जन्मिएका श्रीपतिले विसं १८९० मा पोखराको महेन्द्रपुल र विसं १८९९ मा पर्वतको काली नदी किनार मडीकुवामा जग्गा खरिद गरी गुठी स्थापना गरेको थियो । उनबाट स्थापित दुवै गुठी उनका सन्तानबाट निरन्तर समाजसेवाका गतिविधिमार्फत सञ्चालन भइरहेको छ । विसं १९२६ मा श्रीपतिको निधन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार