नेपाली कांग्रेसको भ्रातृ संस्थाद्धारा मूल्यवृद्धि विरुद्ध प्रदर्शन
नेपालबहस संवाददाता
असार २८, २०७७ आइतबार २०:२५:४९
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम बबरमहल अगाडि प्रदर्शन गरेको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोरोना महामारीको समयमा मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन माग गरे । “बन्दाबन्दीको समयमा जनतालाई राहत प्याकेज ल्याउनुपर्ने सरकारले जनताप्रति निर्वाह गर्ने दायित्व पूरा गर्न सकेन”, उनले भने । सङ्घले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।
यस्तै, सङ्घले निगममा व्यवस्थापकीय सुधार, कालोबजारी नियन्त्रण, अनावश्यक खर्च कटौती तथा स्वचालित मूल्य प्रणाली पालना गर्नुपर्ने माग गरेको छ । यसअघि सङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै यही असार २४ गते निगमका महाप्रबन्धक सुरेन्द्र पौडेललाई सातबुँदे ज्ञापनपत्र बुझाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार