साताको पहिलो दिन सुखद सुरुवात तर के छन् सकारात्मक र नकारात्मक पक्ष ?
आर्थिक संवाददाता
असार २८, २०७७ आइतबार २२:१४:२२
काठमाडाैं । यो साता पनि शेयर बजारले सुखद सुरुवात गरेको छ । साताको पहिलो दिन आईतबार नेप्से परिसूचक ९ दशमलव ०२ अंकले वृद्धि हुँदै १३४० दशमवल २९ को विन्दुमा बन्द भएको छ । दोश्रो बजार शुन्य दशमलव ६८ प्रतिशतले वृद्धि हुँदा १ अर्ब ११ करोड माथिको शेयर कारोवार भएको थियो । आज १७९ कम्पनीका २६ लाख ७८ हजार कित्ता शेयर खरिद बिक्री भएका थिए ।
सुरुवाती चरणमा बजारमा राम्रो उतारचढाव देखिएको थियो । बजार १३३१ दशमवल ३२ को विन्दुमा खुलेकोमा ११ बजेर ३१ मिनेटमा १३५१ दशमलव ८३ को उच्च विनु समातेको थियो । त्यसपश्चात भने बजारले धेरै पटक माथि जान खोजे तापनि सकेको थिएन । बजार वृद्धि भए पनि खरिदकर्ता र बिक्रीकर्ताको समान उपस्थिति जस्तै थियो ।
त्यस्तै आजको न्यून विन्दु र खुला विन्दु एकै भएकाले बजारमा अस्तिको साताको अन्तिम कारोवार दिन भन्दा बजार बलियो हुँदै गएको प्रस्ट देखिन्छ र सुरुवाती चरणमा बनेको उच्च विन्दुलाई पछि २ पटकको प्रयास गर्दा पनि त्यो विन्दुको छेउ पुग्न नसक्नुलाई भोली सुरुवाती चरणमा केही बिक्रीकर्ताहरु आउन सक्ने सम्भावना देखिन्छ।
आज बजार वृद्धि हुँदा कारोवार रकम पनि १ अर्ब माथि पुग्यो । बजार वृद्धिलाई कारोवार रकमले साथ दिंदै जानु राम्रो पक्ष हो।
आजको मैनबत्तीले बजारमा उतारचढाब कम रहेको जानकारी दिएको छ । बजार १३१० भन्दा माथि स्थिर हुनु नै बजार सकारात्मक क्षेत्रमा रहेको जानकारी दिएको छ । बजार हाल १३६२ को प्रतिरोध क्षेत्र नजिक रहेको छ । दैनिकी अवधिमा “आरएसआई” ५२ दशमलब ०८ को बिन्दुमा छ। यो अक्सिलेटरले बजार हालसम्म सकारात्मक रहेको जानकारी दिएको छ । “एडिएक्स” ले बजार निश्चित रुपमा बढी हाल्ने संकेत नगरे पनि जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा हालसम्म क्रेताको चाप रहेको जानकारी गराएको छ । “अन ब्यालेन्स भल्यूम” ले बजारमा क्रेताको चाप हुन थालेको जानकारी गराएको छ । नेप्से बढेमा पहिलो प्रतिरोध १३६२ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३३३ को क्षेत्रमा पाउने देखिन्छ।
आज वाणिज्य बैंकको उपसुचक, होटल, विकास बैंक, हाईड्रोपावर र म्युअचल फण्ड उपसुचकमा गिरावट आएको छ भने लघुवित्त उपसुचकमा सर्वाधिक वृद्धि देखिएको छ।
नेपाल लाईफ इन्स्योरेन्सको सर्वाधिक कारोवार भएको छ। नेपाल लाईफ इन्स्योरेन्सको कम्पनीको १६ करोड ५ लाखको शेयर किन बेच भएको छ भने दोश्रोमा नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ३४ लाख बाराबारको शेयर कारोवार भएको छ ।
सुर्योदय लघुवित्तको शेयर मूल्य सर्वाधिक ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ भने तिनाउ मिसन डेभलप्मेण्ट बैंकको शेयर मूल्य ५ दशमलव ७६ प्रतिशतले घटेको छ ।
नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला !
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार