पूर्वी चितवनको बकुलहर अस्पतालमा जटिल शल्यक्रिया प्रारम्भ
नेपालबहस संवाददाता
असार २९, २०७७ सोमबार १९:३७:४९
चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया थालिएको छ । गर्भवतीको शल्याक्रिया गरेको यस अस्पतालले पहिलोपटक पित्त थैलीको शल्यक्रिया समेत सुरु गरेको हो । हालै मात्र सो अस्पताललाई वाग्मती प्रदेशले प्रदेशस्तरीय अस्पताल घोषणा गरेको थियो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विश्ववन्धु बगालेका अनुसार ३५ वर्षीया एक चेपाङ महिलाको सफल शल्यक्रिया गरिएको हो । अस्पतालका सर्जन डा. दिपेन्द्र मल्लिकको नेतृत्वको समूहले शल्यक्रिया गरेको हो । बगालेका अनुसार अब त्यस्ता शल्यक्रिया नियमित रुपमा गरिने छ । शल्यक्रिया गर्न अन्य बिरामीले पनि नाम टिपाएका छन् ।
उनका अनुसार केही वर्ष अगाडि हाडजोर्नीको शल्यक्रिया गरिएको भए पनि हाल प्रसूति बाहेक जटिल प्रकृतिका शल्यक्रिया गरिएको थिएन । प्रसूति शल्यक्रियामा शरीरलाई आंशिक रुपमा बेहोस बनाइने भए पनि यस प्रकृतिको शल्यक्रियामा पूरै शरीर बेहोस पारिन्छ । उनले छिट्टै हाड जोर्नीको शल्यक्रिया पनि थालिने बताए ।
पूर्वी चितवनका चार नगरपालिकाका जनतालाई सेवा दिन सक्ने बकुलहर रत्ननगर अस्पताल प्रदेशस्तरीय अस्पताल भएको हो । वगालेका अनुसार हाल १५ श्यया रहेको सो अस्पताल प्रदेशस्तरको भएसँगै ५० श्ययाको हुनेछ । विसं २०५८ मा धनधान्याञ्चल महायज्ञ लगाएर आर्थिक सङ्कलन गरी त्यहाँको स्वास्थ्य चौकीलाई अस्पताल बनाइएको थियो । हाल सो अस्पतालमा पाँच जना विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन् ।
अस्पतालमा हाल आकस्मिक, बहिरङ्ग, प्याथोलोजी, डायलासिस, भिडियो एक्सरे, एक्सरे जस्ता सेवा उपलब्ध छन् । अस्पतालमा प्रसूति, बालबालिका, छाला, दाँत लगायतको विशेषज्ञ सेवा दिइँदै आएको छ । वगालेका अनुसार अस्पतालमा तला थप गरेर सघन उपचार कक्ष र पोष्टअप बनाइँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार