नेकपा सचिवालय, स्थायी कमिटी विवाद मिलाउन विफल, अब केन्द्रीय कमिटी राख्ने तयारी
इन्द्र रिजाल
असार २९, २०७७ सोमबार १९:५०:४१
२९ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जारी स्थायी कमिटी बैठकले विवादको हल खोज्न नसकेपछि अब केन्द्रीय कमिटी बोलाइने भएको छ । असार १० गतेबाट शुरु भएको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीलाई दुवै पदबाट राजीनामा दिन माग राखेपछि विवादले चरम रुप लिएको हो ।
स्थायी कमिटीले आफूमाथि कारवाही गर्ने संकेत पाएका ओलीले अध्यादेशमार्फत दल बिभाजनसम्बन्धी व्यवस्था सहज गरिने तयारी अगाडि बढाएका छन् । पार्टी विभाजनको तयारी अगाडि बढेपछि भने असन्तुष्ट पक्ष झस्किएको हो । लगत्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीसँग वार्ता अघि बढाएका छन् । शीर्ष नेताहरुसँग सल्लाह गरी ओलीसँग वार्ता गर्न बसेका प्रचण्डले व्यक्तिगत लाभ हुने गरी शर्तहरु अगाडि सारेपछि माधव नेपाल र झलनाथ खनालसमेत रुष्ट भएका छन् । साथै, ओलीले दुवै पदबाट तत्काल राजीनामा नदिने चट्टानी अडान दोह¥याकाले प्रचण्ड थप दवावमा परेका छन् । पछिल्लो पटक गएको विहीबार दुवै अध्यक्षबीच भएको वार्ता तिक्त बनेपछि अर्काे भेटसमेत भएको छैन ।
स्थायी कमिटीले निकास दिन नसकेकाले केन्द्रीय कमिटी बैठक जरुरी रहेको पनि उनले बताए । तर माधव नेपाल र झलनाथ पक्ष भने स्थायी कमिटीले ठोस धारणा बनाउन सकेन भने पंगु ठहरिने भएकाले पनि केही त गर्नै पर्ने पक्षमा रहेका छन् । उता, प्रचण्ड पक्षको चाहना चाहिं शीर्ष नेतृत्वबीच सहमति कायम भएपछि मात्रै पार्टी कमिटी बैठक बस्नुपर्ने रहेको छ ।
प्रधानमन्त्रीसँगको छलफलले आकार लिन नसकेकै बेला प्रचण्ड गृह जिल्ला चितवन पुुगेका छन् । त्यहाँ उनले ओली मात्र महान राष्ट्रवादी र अरु चाहिं लम्पसारवादी भन्ने हौवा फैलाइएको भन्दै निन्दा गरे । उनले घुमाउरो पारामा ओलीको राष्ट्रवादी डम्फू नक्कली रहेको धारणा राखेका छन् । यसको अर्थ उनीहरु अझै एक अर्काप्रति सशंकित छन् । त्यसैले अहिलेको विवादको निकास स्थायी कमिटीले दिन सक्दैन– नेकपाकै एक तटस्थ नेता भन्छन् । ओलीजीलाई अपमानजनक ढंगले निकाला गर्ने झलनाथ खनालको चाहनाले पार्टी एकता कायम हुन सक्दैन भन्दै ती नेताले ओलीले पनि दुई मध्ये एक पद त्याग्नै पर्ने बताए ।
साँच्चै पार्टी एकता कायम राख्ने हो भने सबैले त्याग गर्न सक्नुपर्ने उनको भनाई छ । यसका लागि स्थायी कमिटी भन्दा शक्तिशाली निकायका रुपमा रहेको केन्द्रीय कमिटी बैठक राख्नुपर्ने उनको धारणा छ । स्थायी कमिटीले निकास दिन नसकेकाले केन्द्रीय कमिटी बैठक जरुरी रहेको पनि उनले बताए । तर माधव नेपाल र झलनाथ पक्ष भने स्थायी कमिटीले ठोस धारणा बनाउन सकेन भने पंगु ठहरिने भएकाले पनि केही त गर्नै पर्ने पक्षमा रहेका छन् । उता, प्रचण्ड पक्षको चाहना चाहिं शीर्ष नेतृत्वबीच सहमति कायम भएपछि मात्रै पार्टी कमिटी बैठक बस्नुपर्ने रहेको छ ।
अब केन्द्रीय कमिटी बैठक डाक्ने हो भने त्यसका लागि केही समय लाग्ने अवस्था छ । किनभने बाढी पहिरो र कोरोना भाइरसको संक्रमण कायमै रहेका बेला ठूलो बैठक डाक्ने कुरा तत्काललाई सहज देखिंदैन । झण्डै दशैं ताका मात्रै केन्द्रीय कमिटी बैठक डाक्ने अवस्था रहेको छ । त्यतिञ्जेल ओलीले धेरै फण्डा गरिसक्ने छन् ।
अहिलेको अवस्था हेर्दा ओली र प्रचण्डबीचको सम्वाद कुन बिन्दूबाट शुरु होला त ? भनेर अनुमान गर्न नै मुश्किल देखिएको छ । पछिल्लो पटकको भेटमा अध्यक्षद्वय आक्रोशित मुद्रामा बाहिरिएका थिए । गएको चार दिनदेखि नेताहरुबीच छलफल त के फोन वार्तासमेत भएको छैन । अब के विषयमा कुरा गर्ने ?– ओली निकट एक नेता प्रश्न गर्छन् । प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिन्न भनिसकेको अवस्था छ, अब के छलफल गर्न भन्दै उनले चित्त नबुझ्नेले बहुमतको डण्डा चलाएर कारवाही गर्ने हिम्मत देखाए हुन्छ– उनले भने । यस्तो विषम परिस्थिति देखापरेपछि कसरी अगाडि बढ्ने भन्नेमा दुवै पक्ष अन्योलग्रस्त बनेको छ । ओलीले कुुनै एक पदबाट राजीनामा दिन सहमति जनाउँदा धेरै कुरा मिल्ने बुझाई प्रचण्ड पक्षको रहेको छ । विगतमा भएका छलफलमा यसबारे ओली पनि केही लचक देखिएका थिए ।
पाँचै वर्ष प्रधानमन्त्री बन्ने ओलीको चाहना रहेको र अध्यक्ष चाहिं केही समयपछि त्याग्न उनी तयार थिए । तर झलनाथ खनाललगायत केही नेताले दुवै पदबाट एकैसाथ राजीनामा दिनैपर्ने अडान लिएपछि ओलीले त्यसमा रुचि देखाएनन् । अब केन्द्रीय कमिटी बैठक डाक्ने हो भने त्यसका लागि केही समय लाग्ने अवस्था छ । किनभने बाढी पहिरो र कोरोना भाइरसको संक्रमण कायमै रहेका बेला ठूलो बैठक डाक्ने कुरा तत्काललाई सहज देखिंदैन । झण्डै दशैं ताका मात्रै केन्द्रीय कमिटी बैठक डाक्ने अवस्था रहेको छ । त्यतिञ्जेल ओलीले धेरै फण्डा गरिसक्ने छन् ।
स्थायी कमिटी बैठकले कुनै निकास दिएन भने ओली मौजुदा मन्त्रिपरिषदमा पुनर्गठन गर्ने तयारीमा छन् । यसक्रममा उनले पार्टी उपाध्यक्ष बामदेव गौतम र अर्का सचिवालय सदस्य रामबहादुर थापालाई मिलाउन सके भने अझै बलिया हुुन सक्छन् ।अर्कातिर ओलीलाई कारबाही गरेर हटाउन सक्ने ल्याकत असन्तुष्ट नेताहरुमा पनि छैन । ओलीलाई हटाउनु भनेको पार्टी विभाजनको बाटो खोल्नु हो भन्ने सबैलाई ज्ञान भएकै हो । त्यसैले ओलीलाई तर्साएर भन्दा फकाएर मात्रै राजीनामा गराउन सकिने पक्षमा प्रचण्ड देखिन्छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार