पहिरोले दुई घर बगायो, २७ घर विस्थापित
नेपालबहस संवाददाता
असार २९, २०७७ सोमबार २०:५:१४
लमजुङ । अविरल वर्षाले मध्य नेपाल नगरपालिका–६ का दुई घर पहिरोले बगाएको छ । पहिराले आज बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगाएको स्थानीयवासी रामचन्द्र पौडेलले बताए ।
त्यस्तै शिरमणि भट्टराई, दीपेश भट्टराई, एकमाया दुरा र हरिमाया परियारको घर पहिराले पुरेको स्थानीयवासी पौडेलको भनाइ छ । एक्साभेटरले पहिरो हटाउने कार्य गरिरहेको छ । सो वडास्थित रानीपानीका १३ घर र लामासोतीका १४ घर गरी २७ घर विस्थापित भएको प्रहरीले जनाएको छ । उनीहरुलाई सोही वडाको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ ।
सो क्षेत्रका विभिन्न घर तथा बस्ती जोखिममा रहेको र विभिन्न स्थानमा बाढीपहिराले क्षति पुगेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए । सो क्षेत्रमा प्रहरी र स्थानीयवासी मिलेर स्थानीयवासीलाई सुरक्षित स्थानमा लैजाने कार्य भइरहेको उनको भनाइ छ । सो क्षेत्रका गुम्बाखोला, रिस्तीखोला, चर्दीखोला, गलाडीखोलामा आएको बाढीले विभिन्न स्थानमा क्षति पुगेको स्थानीयवासीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार