शहरी सुन्दरता झल्कनेगरी टुकुचा खोलाको व्यवस्थापन गरिदै
नेपालबहस संवाददाता
असार २९, २०७७ सोमबार २०:१६:२५
काठमाडौं । सरकारले शहरी सुन्दरता झल्कनेगरी टुकुचा खोलाको व्यवस्थापन गर्ने भएको छ । छ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिनका लागि शहरी विकास मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको र आगामी आर्थिक वर्ष यसको व्यवस्थापनको काम गर्ने जनाएको हो ।
मध्य शहरबाट बग्ने टुकुचाको दायाँबायाँ किनार मिचेर बनाइएको संरचना भत्काएर व्यवस्थितरुपमा बाटो र ट्र्याक निर्माण गरिने पनि मन्त्रालयको योजना छ । आज शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले टुकुचा खोला आसपासको अनुगमनका क्रममा शहरलाई सुन्दर बनाउनका लागि टुकुचा खोलाको दायाँबायाँ किनारालाई व्यवस्थित बनाइने बताएका हुन् ।
छ किलोमिटर क्षेत्रलाई सुन्दर र प्राकृतिक बहावमा ल्याउनका लागि यो आवमा रु २० करोड खर्च गरिने मन्त्री मानन्धरले बताए । सुन्दर शहरका लागि टुकुचाको व्यवस्थापन अनिवार्य भएको बताउँदै मन्त्री मानन्धरले सरकारले शहरी क्षेत्रको सुन्दरतालाई विशेष ध्यानमा राखेको बताए । उपत्यकालाई व्यवस्थित र सुन्दर बनाउन सरकारले दीर्घकालीन योजनासहित काम गरिरहेको बताउँदै मन्त्री मानन्धरले आगामी वर्षको अन्त्यसम्म टुकुचाको रुप फेरिने दाबी गरे ।
अनुगमनमा अधिकार सम्पन्न एकीकृत वाग्मती आयोजनाका प्रमुख लीलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँबायाँ ढलसहित खोलामा शुद्ध पानीमात्र बगाउने योजना बनाइएको जानकारी दिए । ढकालले डिपिआर निर्माणको काम थालनी गर्न लागिएकोसमेत बताए । प्रदेशसभा सदस्य केशव स्थापितले टुकुचा काठमाडौँको सभ्यता भएकाले यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार