च्याम्पियन्स लिग खेल्ने म्यान्चेष्टर युनाईटेडको सपनामा धक्का
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार १३:२९:११
एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले अप्रत्याशित बराबरी गरेको छ । जसले उसको च्याम्पियन्स लिग खेल्ने सपनामा धक्का लागेको छ । गएराती साउथह्याम्पटनसंग २–२ गोलको बराबरी रोकिएपछि म्यान्चेष्टर युनाईटेड कमजोर अवस्थामै रहेको हो ।
म्यान्युका लागि मार्कुस रसफोर्ड र एन्थोनी मार्सियलले गोल गरे । तर साउथह्याम्पटनका स्टुआर्ट आर्मस्ट्रङ र मिकेल ओबाफिमीले गोल गरेर खेल बराबरी गरेका हुन । ओबाफिमीले खेल सकिन दुई मिनेटअघि मात्रै गोल गर्दा म्यान्युका सपनामा गम्भिर धक्का लागेको हो ।
लेष्टर सिटी र चेल्सीलाई उछिनेर तेस्रो बन्ने म्यान्युको सपना साउथह्याप्टनले पूर्णविराम लगाईदियो । बराबरीपछि पाँचौ स्थानमै रहेको युनाईटेडको ५९ अंक छ । समान अंक भएपनि लेस्टर गोल अन्तरका आधारमा चौथो स्थानमा छ । साउथह्याम्टन ४५ अंक सहित १२ औं स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक
असोज ११, २०८१ शुक्रबार
भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित
असोज ११, २०८१ शुक्रबार
विभिन्न खेलका प्रशिक्षकहरुसँग सदस्य सचिवको छलफल
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार