नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा धनन्जय नरसिंह केसी निर्वाचित
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार १६:३३:२१
अमेरिका । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा धनन्जय नरसिंह केसी चयन भएका छन् । जुलाई १२, २०२० मा बसेको जुम बैठकले पूर्व वरिष्ठ उपसभापति केसीको नेतृवमा नयाँ कार्यसमिति चयन गरेको हो । बैठकले २०१४ मा भएको टेक्सस अधिवेशनबाट निर्वाचित आनन्द बिष्टको नेतृत्वको पदावधि समाप्त भएको ठहर गरेको थियो । त्यसैले संबद्ध पक्षको भर्चुल बैठकले सोही निर्वाचनमा वरिष्ठ उपसभापतिमा निर्वाचित केसीलाई सभापति बनाउने निर्णय गरेको हो ।
सो बैठकमा २०१४ को निर्वाचनबाट निर्वाचित सभापति आनन्द बिष्ट नेपाली कांग्रेस पार्टीको आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित भएकोले बिधानत सो पद स्वतः खाली भएको, पार्टीले थपेको ६ महिनाको म्याद पनि समाप्त भएकोले समितिलाई चलायमान गर्न नयाँ नेतृत्व चयन गरिएको जनाइएको छ ।
नयाँ नेतृत्वले जारी गरेको विज्ञप्तिका भनिएको छ – नेपाली कांग्रेसको नियमावली २०७६ को परिच्छेद १ को धारा ९८ मा “निकाय” भन्नाले विधानको ९५ का अतिरिक्त पार्टीबाट मान्यताप्राप्त विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई समेत जनाउनेछ” भन्ने र धारा ५८ मा “पार्टीको तल्लो निकायको सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव माथिल्लो तहको कार्यसमितिमा उम्मेदवार भएमा निजको तल्लो पद स्वतः रिक्त हुनेछ” भन्ने स्पष्ट उल्लेख छ । नेपाली जनसम्पर्क समिति अमेरिकाका तत्कालीन सभापति गोरख आनन्द बिष्ट नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएकाले विधान बमोजिम वहॉंको नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति पद सोही दिनदेखि रिक्त भइसकेतापनि वर्तमान कार्यसमितिले आफ्नो पदावधि सकिएको ३ वर्षभन्दा बढी भइसक्दा समेत अधिवेशन गराउन असफल भएकोले नेपाली कांग्रेस र नेपाली जनसम्पर्क समिति अमेरिकासॅंग आबद्ध अग्रज तथा साथीहरूको भेलाले आज जुलाई १२, २०२० का दिन निम्न अनुसारको कार्यसमिति र सल्लाहकार समिति गठन गरेको छ।
समितिको सदस्यमा वरिष्ठ उपसभापतिमा डा. हेम चटौत, उपसभापतिमा ईश्वर सापकोटा, सागर कॅंडेल, अनन्तराज सुवेदी, प्रतिक पाण्डे रहेका छन । यस्तै महासचिवमा सुवास घिमिरे, सचिवमा मुक्ति पन्त, खड्ग उप्रेती र कोषाध्यक्षमा क्रान्ति अर्याल भण्डारी रहेका छन ।
यस्तै समितिको सदस्यमा प्रमोद सिटौला, जगन्नाथ गौतम, राम मिश्र, नेत्र केसी, प्रभात सापकोटा, लक्ष्मी त्रिखत्री परियार, भेषबहादुर कॅंडेल, डा. अम्बरबाबु भण्डारी, इन्द्र सिटौला, हरिराज खनाल, विकास थापा, निर्मल थापा, सुरेश हमाल, श्रीराम थापा, अनुप अधिकारी, सुमन आचार्य, दीपकराज पन्त, रामकृष्ण भट्ट, राज ढुंगाना, अर्जुन बम, शशीचन्द्र अधिकारी रहेका छन ।
छुटेका थप ४ जना पछि आगामी कार्यसमितिको बैठकले समेट्ने निर्णय गरिएको छ । यस्तै सल्लाहकारहरुमा विष्णु सुवेदी, रविना थापा, कृष्ण लामिछाने, भक्त थापा, प्रियरन्जन दाहाल, अमृत सापकोटा रहेका छन ।
अधिवेशनमा समितिका संस्थापक सदस्यहरुदेखि निवर्तमान पदाधिकारी, राज्य च्याप्टर, नेपाली कांग्रेस महासमिति सदस्य, १३ औं महाधिवेशन प्रतिनिधिहरुको उपस्थित थियो । त्यसैगरी गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रविना थापा, क्षेत्रीय संयोजक राजन त्रिपाठी, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका चार उपाध्यक्ष क्रमश कृष्ण जीवी पन्थ, बुद्धि सुवेदी, सर्बग्य वाग्ले, बीआर लामा लगायत च्याप्टरको सबैले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार