शुक्लागण्डकी नगरपालिकाको बजेट पारित, पुर्वाधार, कृषि र पर्यटनलाई प्राथमिकता
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार १७:५७:५
तनहुँ । शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु एक अर्ब १० करोड दुई लाख ९७ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको सातौँ नगरसभाले नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । चालू वर्षको तुलनामा रु २४ करोड ३४ लाख ८५ हजार बजेट वृद्धि भएको नगरपालिकाले जनाएको छ । शुक्लागण्डकीले चालू वर्षमा रु ८५ करोड ६८ लाख १२ हजार ८७५ बजेट ल्याएको हो ।
बजेटले पुर्वाधार, कृषि र पर्यटनलाई प्राथमिकता दिएको छ । पुर्वाधारतर्फ १५ करोड ७७ लाख, कृषितर्फ दुई करोड ११ लाख, स्वास्थ्यमा एक करोड ७६ लाख, पर्यटन प्रर्वद्धनमा एक करोड १८ लाख र पशु सेवालाई रु एक करोड एक लाख बजेट विनियोजन गरेको नगरप्रमुख किसान गुरुङले जानकारी दिए ।
उनका अनुसार उद्योग क्षेत्रमा २० लाख, शहकारीलाई २५ लाख गरी कूल चार करोड ७५ लाख आठ हजार छुट्याइएको छ । त्यसैगरी वातावरण तथा विपद् व्यवस्थापनमा दुई करोड १८ लाख, संस्थागत सुशासन तथा वित्तीय व्यवस्थापनतर्फ एक करोड १९ लाख, शिक्षामा तीन करोड ९२ हजार, युवा तथा खेलकुदमा ३३ लाख, स्वास्थ्य क्षेत्रलाई एक करोड ७६ लाख ३१ हजार, आयुर्वेदतर्फ १६ लाख ७५ हजार, लक्षित वर्गका कार्यक्रम सञ्चालनका लागि एक करोड पाँच लाख, खानेपानीका लागि दुई करोड र संस्कृति प्रर्वद्धनको लागि २० लाख रुपैया बजेट पारित भएको छ ।
विषयगत बजेटका लागि ३२ करोड ४८ लाख २६ हजार, वडागत बजेटतर्फ १० करोड ८७ लाख, चालू पुँजीगतमा आठ करोड ४३ लाख ७१ हजार, क्रमागत अल्या सात करोड, सशर्त अनुदान ३६ करोड १९ लाख, सामाजिक सुरक्षामा १५ करोड र गरिबसँग विश्वेश्वर कार्यक्रमका लागि पाँच लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।
असार १० गते शुरु भएको नगरसभामा रु एक अर्ब सात करोड सात लाख ३७ हजार ८०० अनुमानित आय प्रस्तुत गरिएको थियो । सङ्घीय सरकारबाट समानीकरण अनुदान १४ करोड ६१ लाख, राजश्व बाँडफाँडमा १० करोड ३१ लाख ९० हजार, सशर्त अनुदानमा ३६ करोड १९ लाख रुपैया प्राप्त गर्ने अनुमान रहेको छ । प्रदेश सरकारबाट समानीकरण अनुदान एक करोड २६ लाख ३३ हजार, राजश्व बाँडफाँडमा एक करोड दुई लाख ५१ हजार र समपुरक अनुदान एक करोड ५० लाख रुपैयाको बजुेट अनुमानन गरिएको छ ।
आन्तरिक आम्दानी १४ करोड ६३ लाख ६० हजार, क्रमागत अल्या गरिने सात करोड, अल्या गरिने एक कारेड ५० लाख, जिल्ला समन्वय समितिबाट एक करोड ८० हजार, सामाजिक सुरक्षा भत्ता १५ करोड रुपैयाको अनुमानित आय प्रस्तुत गरिएको छ ।
सडक बोर्डबाट ५० लाख, घर जग्गा रजिष्ट्रेशन शुल्कबाट एक करोड १५ लाख, वनबाट तीन लाख र प्राकृतिक स्रोत रोयल्टीबाट तीन हजार ८०० रुपैया आय अनुमान रहेको छ । नगरसभाबाट चार वटा ऐन पारित गरेको उपप्रमुख सविता रसाइलीले बताए। उनका अनुसार आर्थिक ऐन, विनियोजन ऐन, नगर विपद् जोखिम न्यूनीकरण व्यवस्थापन ऐन र नगर वातावरण संरक्षण ऐन पारित गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
मंसिर १, २०८१ शनिबार
पश्चिमी तथा स्थानीय वायुको प्रभावः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
मंसिर १, २०८१ शनिबार