धरानमा वरिष्ठ गायक श्रेष्ठ सम्मानित, पिडीतका लागि आर्थिक सहयोग हस्तान्तरण
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार १९:४३:४०
ईटहरी । धरानमा वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठ सम्मानित भएका छन् । होप धरानले आयोजना गरेको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा उनी सम्मानित भएका हुन् । सम्मानित सँग-संगै उनको हातबाट मलद्वार बन्द हुने रोगबाट ग्रसित धरान ६ का ७ वर्षिय बालक प्रशान्त मुदेलको उपचारको लागी आर्थिक सहयोग हस्तान्तरण पनि गरिएको छ ।
युके स्विडेन हेल्पिङ ह्यान्डसका सोभिन सुब्बाले संकलन गरेको २१ हजार नगद साथमा धरान १५ श्यामचोक व्यवस्थापन समुहबाट ६ हजार ५ सय र केन्ट फेलयर बारटेन्डिङबाट ५ हजार गरी कुल ३२ हजार ५ सय नगद मुदेलका बुवा प्रकाश मुदेललाई प्रदान गरिएको हो ।
होप धरानले बालकको उपचारको लागी अभियान चलाएकोमा विभिन्न सहयोगीहरुबाट १ लाख ५३ हजार ५ सय ७० रूपैँया संकलन भएको थियो । बालक मुदेलको दोस्रो चरणको शल्यकृया उनको स्वास्थ स्थिती हेरी ६ महिनापछि हुने बताइएको छ । ६ महिना पछि स्टोमा क्लोजर मलद्वार खोलिने शल्यकृया रहेको चिकित्सकले बताएका छन । सोहि कार्यक्रममा नै कोभिड १९ को सुरूक्षार्थ सुनसरीका पत्रकारहरूका लागी ३ सय थान मास्क समेत प्रदान गरिएको थियो ।
उक्त मास्क नेपाल पत्रकार महासंघका सहसचिव दिनेश गजमेरले ग्रहण गर्दै सुनसरीका सबै कृयाशिल पत्रकारहरूमा मास्क पुर्याउने प्रतिबद्धता जनाए । हस्तान्तरण कार्यक्रममा होटल एसोसिएसन अफ धरानका अध्यक्ष सरोज भट्टराई, कार्यक्रम संयोजक मेरिन भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार