अयोध्या–राम काण्डपछि ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता शुरु
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार १९:४७:५
काठमाडौं । भगवान राम नेपालमै जन्मेका र अयोध्या नेपालमै रहेको विवादास्पद बोलीले नेपाली राजनीति तरंगित भएका बेला प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता शुरु भएको छ । नेकपाका अध्यक्षद्धयबीच बालुवाटारमा केही बेरअघिदेखि वार्ता शुरु भएको नेताहरुले बताएका छन ।
गत बुधबार भएको छलफलपश्चात झण्डै एक हप्तापछि ओली प्रचण्डबीच फेरि भेटवार्ता भएको हो । प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीको राजीनामा माग गरेपछि नेकपाको स्थायी कमिटी बैठक असार १८ गतेदेखि बस्न सकेको छैन । त्यसयता तीन पटक बैठक सारेपनि बस्न नसकेपछि साउन २ गतेसम्म लागि बैठक स्थगित नै गरिएको छ ।
यसबीचमा प्रचण्ड चितवन पुगेर आए भने ओलीले विभिन्न औपचारिक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएर चर्चा र आलोचना निम्त्याए । आगामी साउन २ गते बस्ने स्थायी कमिटी बैठकको लागि वातावरण बनाउन ओली प्रचण्डबीच बालुवाटारमा बैठक शुरु भएको नेताहरुको भनाई छ ।
नेकपामा तत्कालका लागि पार्टी फुट्ने सम्भावना टरेपनि दुई अध्यक्षबीचमा कुरा मिल्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार