पहिलो पटक सिंगापुरको अर्थतन्त्र ४१ प्रतिशत खुम्चियो
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार २१:२७:२०
एजेन्सी । कोरोना भाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिंगापुरको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले खुम्चिएको छ । प्रारम्भिक विवरण अनुसार, व्यापारमा निर्भर सिंगापुरको अर्थतन्त्रमा एकै वर्ष यतिठूलो परिमाणमा अर्थतन्त्र खुम्चिएको पहिलो पटक हो ।
अघिल्लो वर्षको तुलनामा अप्रिल र जुन महिनाको अवधिमा १२.६ प्रतिशत अर्थतन्त्र खुम्चिएको सिंगापुरको व्यापार मन्त्रालयले जनाएको छ । सिंगापुरमा कोरोना भाइरससँग जुध्न सरकारले लकडाउनजस्ता कडा कदम चालेका कारण पनि अर्थतन्त्रमा व्यापक असर परेको हो ।
विगत एक दशकको अवधिमा पहिलो पटक सिंगापुरको अर्थतन्त्र मन्दीतर्फ अग्रसर भएको छ । दोस्रो चौमासिक अवधिमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा यतिठूलो गिरावट आउनुको मुख्य कारण गत अप्रिल ७ देखि जुन १ सम्म कोरोना भाइरसको प्रसार रोक्न चालिएका कडा कदमहरु जिम्मेवार रहेको मन्त्रालयको भनाई छ ।
मन्त्रालयका अनुसार यस अवधिमा अत्यावश्यक सेवाबाहेक सबै आर्थिक गतिविधि स्थगित गरिएका थिए । साथै विश्वका सबैजसो मुलुकको आर्थिक स्थिति कमजोर भएकाले पनि बाह्य मागमा व्यापक गिरावट आएको मन्त्रालयले जनाएको छ ।
विश्व अर्थतन्त्र मापनको सुइरोको रुपमा रहेको सिंगापुरको पछिल्लो आर्थिक परिदृश्यले कोविड–१९ का कारण विश्वको अर्थतन्त्रमा निकै ठूलो असर परेको देखिने विज्ञहरुको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
मंसिर १, २०८१ शनिबार