बाढी प्रकोपबाट मृत्यु भएका प्रति परिवारलाई रु एक लाख राहत
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार २१:३८:१४
झापा । जिल्ला प्रशासन कार्यालयले बाढीको प्रकोपबाट मृत्यु भएका पाँच जनाको परिवारलाई जिल्ला विपद् व्यवस्थापन राहत कोषबाट प्रति परिवार रु एक लाख प्रदान गर्ने निर्णय गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा सोमबार बसेको बैठकले तीन महिनायता नदीमा बगेर र खाल्डोमा डुबेर मृत्यु हुने पाँच जनाको परिवारलाई राहतस्वरुप सो रकम प्रदान गर्ने निर्णय गरेको हो ।
बाढीको प्रकोपबाट गत वैशाख २० गते अर्जुनधारा नगरपालिका–२ सातकटेरीका ६५ वर्षीय दुर्गाबहादुर खपाङ्गी, असार १० गते बाह्रदशी गाउँपालिका–६ रुपचनबाडीकी १८ वर्षीया अनुसा टुडु, शिवसतासी–८ का ३ वर्षीय सम्यम विष्ट, असार २० गते कमल गाउँपालिका– ५ का ३४ वर्षीय पुष्प राई र असार २७ गते झापा गाउँपालिका– ५ का राजेश गणेशको मृत्यु भएको थियो ।
उनीहरु सबैको परिवारलाई राहतका लागि प्रदेश नम्बर १ को सरकारलाई पनि सिफारिस गरिने सहायक प्रमुख जिल्ला अधिकारी जनक पाण्डेले बताए । उनका अनुसार प्रदेश सरकारको विपद् व्यवस्थापन कोषबाट समेत प्रति परिवार रु एक लाखको दरले राहत दिइने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ विश्वव्यापीरुपमा हवाई दुर्घटनाको दुःखद् वर्ष, नेपालमा भने केही सुधार
पुष १८, २०८१ बिहिबार
राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष स्थापना
पुष १८, २०८१ बिहिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरवाला तर्फका ६ जना कानुन व्यवसायीले गरे बहस
पुष १८, २०८१ बिहिबार