दाङमा सिकलसेलका बिरामीको सङ्ख्या ३३९ पुग्यो
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार २१:४५:२३
दाङ । जिल्लामा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या ३३९ पुगेको छ । नियमित औषधि सेवन गरिरहेका १६९ जना घोराही उपमहानगरपालिकामा गत वर्ष गरिएको परीक्षणमा ५२ जना र दङ्गीशरण गाउँपालिकामा गरिएको परीक्षणमा ११८ जनामा पोजेटिभ देखीएपछि सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या बढेको हो ।
दङ्गीशरण गाउँपालिकामा शनिबार र आइतबार गरी ७१५ थारु समुदायका नागरिकले स्वास्थ्य परीक्षण गरेका थिए । शनिबार गरिएको परीक्षणमा ७८ जनामा सिकलसेल देखा परेको थियो भने आइतबार गरिएको परीक्षणमा ४० जनामा देखिएको हो । सोमबार दङ्गीशरणको १ र २ नम्बर वडामा शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत थारु समुदायको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिँदै सिकलसेल एनिमिया स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
दाङमा सिकलसेल एनिमियाका बिरामी बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मानव रगतमा पाइने रातो रक्तकणिकाको स्वरूप विकृत भएपछि सिकलसेल एनिमिया रोग लाग्ने गर्दछ । नेपालमा विशेष गरेर थारु समुदायमा देखापरेको यो रोग दाङमा भने एकजना गैह्रथारु समुदायका मानिसमा समेत देखापरेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।
नेपाल सरकारले सिकलसेल रोगको उपचारका लागि एक लाखसम्मको रकम सुविधा उपलब्ध गराउँदै आएको छ । जसका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट दाङ जिल्लाको हकमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा लिन सकिने व्यवस्था गरेको छ । दाङमा यसका कुनै रोगीको मृत्यु भएको तथ्याङ्क भने जिल्ला स्वास्थ्य कार्यालयसँग नभएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले दिए ।
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको आँकलनअनुसार विश्वभरिमा करिब पाँच प्रतिशत व्यक्तिले सिकलसेल रोगको जीवाणु बोकेका छन् । वर्षेनी जन्मिएका तीन लाख बालबालिकामा हेमोग्लोबिनको मात्रा कम हुने गर्दछ । सिकलसेल एनिमिया रोग भएका बुबाआमाबाट जन्मिएका २५ प्रतिशत सन्तानमा यो रोग लाग्ने सम्भावना हुने गर्दछ । सिकलसेल एनिमिया विशेष गरी वंशाणुगतरुपमा मात्र देखापर्ने रोग हो तर अहिले अन्य समुदायमा पनि यो रोग देखापर्न थालेको राप्ति अञ्चल अस्पताल तुलसीपुरका कन्सल्टेन्ट फिजिसियन डाक्टर मीनचन्द्र अधिकारी बताउछन् ।
सिकलसेल एनिमियाको रोकथाम मात्र गर्न सकिने डा अधिकारीले बताए । यो समस्याले ग्रस्त मानिसमा रगतको कमी हुने हुँदा उनीहरू कमजोर भएर बारम्बार विभिन्न रोगको सङ्क्रमणमा पर्ने गर्दछन् । सिकलसेल रोगलाई छिट्टै उपचार गर्न ग्रामीण महिला उत्थान केन्द्रले सचेतनाका काम गरिरहेको संस्थाका अध्यक्ष आशमानी चौधरीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार