१३५० को प्रतिरोध तोड्न बजार आज पनि असफल, प्राविधिक विश्लेषणले के देखायो ?
आर्थिक संवाददाता
असार ३०, २०७७ मंगलबार २२:२७:४४
३० असार, काठमाडाैं । तेश्रो कारोवार दिन शेयर बजारमा सामान्य अंकको मात्र वृद्धि देखिएको छ । मंगलबार नेप्से परिसूचक ५ दशमलव ०४ अंकले वृद्धि हुँदै १३४७ दशमवल ४४ को विन्दुमा बन्द भएको छ । दोश्रो बजार शुन्य दशमलव ३८ प्रतिशतले वृद्धि हुँदा ९९ करोड ४५ लाख माथिको शेयर कारोवार भएको हाे । आज १८६ कम्पनीका २५ लाख ६८ हजार कित्ता शेयर खरिद बिक्री भएका छन् ।
आज सुरुवाती पहिलो घण्टामा बजारले उचाई समातेको थियो । आज १२ बजेर १४ मिनेट जाँदा बजारले १३४९ दशमलव २५ को उच्च विन्दु समातेको थियो त्यसपछि भने घटेको बजारले १ बजेर १६ मिनेट जाँदा १३४० दशमलव ६७ को न्यून विन्दु समातेको थियो । त्यसपछि भने बजार माथिल्लो दिशातर्फ लाग्दै १३४७ दशमलव ४५ को विन्दुमा बन्द भएको छ । आज पनि बजारको उच्च विन्दु १३५० को क्षेत्रमा रहेकोमा यो क्षेत्र निकै दिन देखि प्रतिरोध क्षेत्रको रुपमा रहेको छ ।
आज वाणिज्य बैंक, होटल, हाईड्रोपावर, लघुवित्त र म्युचअल फण्ड उपसुचकमा मात्र वृद्धि देखिएको छ भने अरु सबै उपसुचकमा गिरावट आएको छ । आज होटल उपसुचकमा सर्वाधिक ३ दशमलव ७९ प्रतिशतको वृद्धि देखिएको छ भने लघुवित्त उपसुचकमा पनि राम्रै वृद्धि देखिएको छ।
नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड १० लाख बराबरको शेयर खरिद बिक्री हुँदा दोश्रोमा एनएमबी बैंकको ६ करोड ८६ लाख बराबरको शेयर खरिद बिक्री भएको छ।
प्राविधिक बिश्लेषण :
आज पनि बजारमा उतारचढाब कम रहेको छ। आजको मैनबत्तीले “डोजी” आकृती बनाएको छ। यसले बजारमा क्रेता र विक्रेताको चाप बराबर रहेको र बजारले निश्चित दिशा तय गरेको देखिदैन । बजार हाल १३६२ को प्रतिरोध क्षेत्र नजिक रहेको छ। दैनिकी अवधिमा “आरएसआई” ५२ दशमलब ९५ को बिन्दुमा छ। यो अक्सिलेटरले बजार हालसम्म सकारात्मक रहेको जानकारी दिएको छ ।
“एडिएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा क्रेता र विक्रेताको चाप बराबर रहेको जानकारी गराएको छ। “अन ब्यालेन्स भल्यूम” ले बजारमा क्रेताको चाप हुन थालेको जानकारी गराएको छ । नेप्से बढेमा पहिलो प्रतिरोध १३६२ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३३३ को क्षेत्रमा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार