चीनबाट लिएको ५५ लाख अमेरिकी डलर प्रधानमन्त्री ओलीले स्वीस बैंकमा राखेको दावी
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार २२:२६:०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीस बैंकमा पैसा राखेको पाइएको छ । स्विट्जरल्यान्डस्थित स्वीस बैंक खातामा प्रधानमन्त्री ओलीले झण्डै ५५ लाख अमेरिकी डलर जम्मा गरेको एक प्रतिवेदन सार्वजनिक भएको हाे ।
ग्लोबल वाच एनलाइसीसले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ओली पहिलो पटक प्रधानमन्त्री भएकै बेला उनले यो रकम स्वीस बैंकमा जम्मा गरेका हुन् । त्यो रकम चीनले दिएको पनि प्रतिवेदनमा उल्लेख छ । जेनेभामा रहेको मिराबाउड बैंकको शाखामा ओलीको नाममा ५५ लाख अमेरिकी डलर छ । त्यसबाट ओली र उनकी पत्नी राधिका शाक्यलाई बर्षेनी ५ लाख अमेरिकी डलर आउने गरेको प्रतिवेदनमा भनिएको छ ।
२०७२ सालमा पहिलोपटक प्रधानमन्त्री भएका बेला ओलीले चीनबाट यो रकम पाएको पनि प्रतिवेदनमा दाबी गरिएको छ । तत्कालीन नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइले ओलीलाई कम्बोडियाको टेलिकम्युनिकेशन क्षेत्रमा लगानी गर्न यो रकम दिएका हुन् ।
यो रकम ओलीका नाममा भित्र्याउन र कम्बोडियाको कम्पनीमा लगानी गर्न यति हाेल्डिन्स्का व्यापारी आङछिरिङ शेर्पाले भूमिका खेलेका थिए । शेर्पाको दुई बर्षअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै मृत्यु भएको थियो । कम्बोडियाका प्रधानमन्त्री हुन सेन र चिनियाँ राजदूत बो जिआङेओको सहयोगमा ओलीले त्यहाँ लगानी गरेको पनि उक्त प्रतिवेदनमा दावी गरिएकाे छ । कसैको पनि आधिकारिक भनाई, फोटो र प्रमाण नराखिएको प्रतिवेदनमा चीनले नै ओलीलाई त्यो रकम दिएको दावी गरेकाे छ ।
खासगरी आफूभन्दा साना देशलाई भ्रष्ट बनाउन त्यो रकम दिइएको पनि ग्लोबल वाच एनालाइसीसको प्रतिवेदनमा उल्लेख छ । यसको पछिल्लो प्रमाणका रुपमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा निर्माण गरिएको एक्सन रुम तयार पार्न चिनियाँ कम्पनी हुवावेले जिम्मा पाएको उक्त प्रतिवेदनले तर्क गरेकाे छ ।
त्यो चिनियाँ ‘कनेक्सन’ भएको पनि प्रतिवेदनमा उल्लेख छ । चिनियाँ नेताहरुसँग स्वर्गीय व्यापारी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिमाल लगायतको विशेष सम्बन्ध रहेको दाबी प्रतिवेदनमा छ । चिनिया नेतामार्फत अहिले रिमाल लगायतका व्यक्तिहरुको नेक्ससबाट ओलीलाई पैसा आउने गरेको दाबी गरिएको छ ।
ग्लोबल वाच एनालाईसीसले पछिल्लो समय चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे पनि अनुसन्धान गरिरहेको बताएको छ । खासगरी भारतीय नेताहरुबाट प्रधानमन्त्री ओलीलाई चीनसँग जोडेर टिकाटिप्पणी भइरहेका बेला यो प्रतिवेदनले अर्को तरंग ल्याएको छ । यसबारे प्रधानमन्त्री ओली र उनको सचिवालयले कुनै आधिकारिक भनाई सार्वजनिक गरेको छैन ।
स्रोत : ग्लोबल वाच एनालाईसीस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार