बबई नदीको बाढीमा बेपत्ता दम्पतीमध्ये एकको शव फेला
नेपालबहस संवाददाता
असार ३०, २०७७ बुधबार ०:३०:४३
बर्दिया । बबई नदीमा आएको बाढीमा बगेर बेपत्ता दम्पतीमध्ये एक जनाको शव फेला परेको छ । केही दिनअघि ठाकुरबाबा नगरपालिका– ४ बगनाहाको एक दम्पती नदीमा बेपत्ता भएको थियो ।
पत्नी २६ वर्षीया राजकुमारी थारुको शव आज मधुवन नगरपालिकाको सीमामा पर्ने बबई नदीको कुसुम्बाघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब निरीक्षक कलाधर सापकोटाले जानकारी दिए । पति ३२ वर्षीय जितबहादुर भने अझै बेपत्ता रहेको र उनको खोजी जारी रहेको प्रहरी कार्यालयले जनाएको छ । बबई किनारमा रहेको दाउरा सङ्कलन गरेर घर फर्कने क्रममा नदीमा आएको बाढीमा बगेर सो दम्पती बेपत्ता भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार