मन्त्रिस्तरीय विपद् अनुगमन व्यवस्थापन समिति गठन
नेपालबहस संवाददाता
असार ३०, २०७७ बुधबार १:१३:५२
काठमाडौं । प्रदेश नं २ को सरकारले आज मन्त्रिस्तरीय विपद् अनुगमन व्यवस्थापन समिति गठन गरेको छ । यस प्रदेशमा वर्षा, बाढी र पहिराबाट भएका क्षतिको अनुगमन गरी पीडित पक्षलाई राहतका साथै व्यवस्थापनलगायत कार्यका लागि मन्त्रिपरिषद्को आजको बैठकले सो समिति गठन गरेको हो ।
बैठकले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव र उद्योग, वन पर्यटन तथा संस्कृतिमन्त्री रामनरेश राय सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ ।
समितिलाई हालै प्रदेशको आठवटै जिल्लामा बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण तथा अनुगमन गरी पीडितलाई उपलब्ध गराउनुपर्ने राहत तथा अन्य मर्मतसम्भारजस्ता कार्यहरुको सिफारिस प्रदेश सरकारलाई गर्ने जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी गराएको छ । समितिले गरेको सिफारिसका आधारमा प्रदेश सरकारले पीडित परिवारहरुलाई राहत उपलब्ध गराउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार